फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उद्योग-व्यवसाय चीनको गरिबी निवारणमा मुख्य सामाजिक शक्ति

(GMT+08:00) 2018-12-21 09:54:10

चीनको सामाजिक विज्ञान प्रतिष्ठानले हालै "गरिबी निवारणमा उद्योग व्यवसायः निलोपत्र 2018" सार्वजनिक गरेको छ। यो निलोपत्रअनुसार, विगत पाँच वर्षमा चीनले छ करोड पचासी लाख तीस हजारलाई गरिबीबाट मुक्त गरेको छ भने लगातार हरेक वर्ष एक करोड व्यक्तिलाई गरिबीबाट मुक्त गरेको छ। चीनको गरिबी निवारण इतिहासमै सबैभन्दा राम्रो उपलब्धि हासिल गरिएको छ। यसका साथै निलोपत्रका अनुसार, चिनियाँ उद्योग-व्यवसाय गरिबी निवारण विकासमा संलग्न भएको मुख्य सामाजिक शक्ति बनेको छ। चिनियाँ उद्योग-व्यवसायले गरिबी निवारणका लागि ठूलो योगदान दिएको छ।

चीनको राज्य परिषदअन्तर्गत गरिबी निवारण कार्यालयका अधिकारी वाङ ता याङले विगत चालीस वर्षमा चीनले करोडौं ग्रामीण गरिब जनसंख्यालाई सफलताका साथ गरिबीबाट मुक्त गरेको कार्य पूरा गरेको बताउनुभयो। उहाँले भन्नुभयो "व्यवसायमार्फत गरिबी निवारण, रोजगारीमार्फत गरिबी निवारण, विद्युत्तीय वाणिज्यमार्फत गरिबी निवारण, पर्यटनमा‍र्फत गरिबी निवारणलगायतका गरिबी निवारणका उपायहरूले गरिब क्षेत्रको नयाँ व्यवसायको विकासलाई अगाडि बढाएको छ। केही गरिब क्षेत्रहरूको विशेष व्यवसाय हुर्केको छ।"

"उद्योग-व्यवसायले गरिबी निवारण गर्ने निलोपत्र 2018"का अनुसार, सन् 2018 को अन्त्यसम्म चीनको वर्तमान मापदण्डबमोजिम ग्रामीण गरिब जनसंख्या 80 प्रतिशतले घट्ने छ। 60 प्रतिशत गरिब गाउँ गरिबीबाट मुक्त हुने छन्। 50 प्रतिशतका गरिब जिल्ला पनि गरिबीबाट मुक्त हुने छन्।

निलोपत्रमा चिनियाँ उद्योग-व्यवसायको सक्रिय संलग्नताले गरिबी निवारणलाई अगाडि बढाउन ठूलो योगदान दिएको कुरा उल्लेख गरिएको छ। चीनको सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत ‌औद्योगिक अर्थतन्त्र अध्ययन केन्द्रका प्रमुख व्हाङ छ्वीन व्हैले भन्नुभयो "गरिबी निवारणको मुख्य शक्तिका रुपमा केन्द्रीय उद्योग-व्यवसायहरूले गरिबी निवारण कार्यमा सात अर्ब पचास करोड चिनियाँ युआन लगाएका छन्। निजी उद्योग-व्यवसायहरूले सटीक लक्ष्यसहित गरिबी निवारण ढाँचालाई निरन्तर रुपमा नवीकरण गरेका छन्। सन् 2018 को जुन महिनाको अन्त्यसम्म "दश हजार उद्योग-व्यवसायले ग्रामीण क्षेत्रमा प्रवेश गर्ने" सटिक लक्ष्यसहित गरिबी निवारण कारवाहीमा सहभागी भएका निजी उद्योग-व्यवसायको संख्या पचपन्न हजार चार सय पुगेको छ। निजी उद्योग-व्यवसायले बैसट्ठी हजार आठ सय वटा गाउँको गरिबी निवारणका लागि सहायता दिएका छन् र पचहत्तर लाख उनन्साट्ठी हजार आठ सय जना गरिब वासिन्दालाई मद्दत दिएका छन्।"

चीनले सन् 2020 सम्म सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गर्न पूरा गर्ने छ। ग्रामीण क्षेत्रका गरिब जनसंख्या निर्धारित समयमा गरिबीबाट मुक्त हुनु न्यूनतम रेखा हो। हाल वर्तमान मापदण्डबमोजिम चीनका तीन करोड ग्रामीण गरिब जनसंख्या छ। केही अति गरिब क्षेत्रहरूमा गरिबी दर बढी छ। त्यसैले भविष्यमा गरिबी निवारणको कठिनाइ ठूलो बन्ने छ।

जानकारी तथा लेखहरु