फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रेशमी मार्गसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय संग्रहालय गठबन्धन सम्मेलन

(GMT+08:00) 2018-12-24 11:02:28

रेशमी मार्ग सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय संग्रहालय गठबन्धन सम्मेलन गत नोभेम्बर 24 तारिख चीनको फुचेन प्रान्तको सदरमुकाम फुचौ शहरमा आयोजना गरियो। 21 वटा मुलुकका 30 भन्दा बढी सांस्कृतिक संस्था र संग्रहालयहरू भेला भएर भावी सहकार्य योजनाबारे छलफल गर्नुका साथै प्रदर्शनी सहकार्य सम्बन्धी प्रारुप सम्झौतामा पनि हस्ताक्षर गरेका थिए।

गत सन् 2013 मा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले प्रस्तुत गर्नुभएको सँगै मिलेर बेल्ट एण्ड रोडको निर्माण गर्ने प्रस्तावबाट चिनियाँ सपना र रेशमी मार्गका आबद्ध मुलुकका जनताको सपनालाई जोडेर प्राचीन रेशमी मार्गका लागि नयाँ विषय पनि थपिएको छ। शान्तिपूर्ण सहयोग, खुलापन र सहिष्णुता, एकअर्काबाट सिक्नु, पारस्परिक हितयुक्त र साझा जित केन्द्रित रहेको रेशमी मार्ग सिद्धान्तले विभिन्न मुलुक बीच मैत्रीपूर्ण आवत-जावत हुने नयाँ झ्याल खोल्नुका साथै मानव जाति विकास र प्रगति हुने नयाँ अध्याय पनि खोलेको छ।

सन् 2017 मा रेशमी मार्ग सम्बन्धी अन्तर्राष्ट्रिय संग्रहालय गठबन्धन स्थापना गरिएको थियो। हालसम्म त्यसमा 157 वटा स्वदेशी र विदेशी सांस्कृतिक संस्था र संग्रहालयको सहभागिता रहेको छ। यस पटकको सम्मेलनमा गठबन्धनको कार्यसूचि, प्रदर्शनी सहकार्यको प्रारुप सम्झौताबारे छलफल गरेपछि पारित गरिएको बाहेक, पहिलो गठबन्धन सम्मेलनको स्मृत्ति-पत्र पनि हस्ताक्षर गरिएको छ। यसबाहेक, चिनियाँ राष्ट्रिय संग्रहालयले स्थापना गरेको रेशमी मार्ग सम्बन्धी अन्तर्राष्ट्रिय संग्रहालय गठबन्धनको वेभसाइट पनि उक्त सम्मेलनमा औपचारिक रुपमा सञ्चालनमा आएको छ। त्यस वेभसाइटबाट विश्वका विभिन्न मुलुकका संग्रहालय र सांस्कृतिक संरक्षणात्मक संस्था बीचको सहकार्य र आदान-प्रदानका लागि सेवा र सुविधा उपलब्ध गराउन सकिनेछ।

चिनियाँ राष्ट्रिय संग्रहालयका प्रमुख एवं गठबन्धन परिषद्का प्रमुख वाङ छुन फा गठबन्धन सम्मेलनमा भन्नुहुन्छ: सांस्कृतिक आदान-प्रदान गर्ने र सांस्कृतिक सम्पर्क राख्ने सम्बन्धमा संग्रहालयले विशेषतायुक्त भूमिका निर्वाह गर्दै आएको छ। अन्तर्राष्ट्रिय संग्रहालय गठबन्धनको निर्माण र विकासबाट मानव जातिको भाग्यको एकरुपता भन्ने विचारधारा पनि स्पष्टसँग प्रतिबिम्बित गरिएको छ। गठबन्धनका विभिन्न सदस्यहरूले सँगै मिलेर आ-आफ्नो संग्रहालयको मूल्यवान स्रोतको साझा उपभोग गर्ने कुराबाट रेशमी मार्गका सम्बद्ध मुलुक र क्षेत्र बीच एकले अर्काको सभ्यताको सम्मान गर्नका लागि सघाउ पुग्ने छ।

चिनियाँ राष्ट्रिय सांस्कृतिक पूरातात्त्विक वस्तु ब्युरोका उपप्रमुख क्वान छ्याङका अनुसार, रेशमी मार्ग सम्बन्धी अन्तर्राष्ट्रिय संग्रहालय गठबन्धनले बेल्ट एण्ड रोडमा आबद्ध मुलुकका संग्रहालयहरू बीच वास्तविक सहकार्य चलाउनका लागि चौतारो उपलब्ध गराएको छ। गठबन्धनका विभिन्न सदस्यहरूले यस सम्मेलनमार्फत सो चौतारोको सदुपयोग गरी निरन्तर रुपमा पारस्परिक सहकार्यलाई गहन पारेर सँगसँगै रेशमी मार्ग सभ्यताको आदान-प्रदान गर्ने नयाँ बाटो खोल्न सक्ने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।

चिनियाँ राष्ट्रिय संस्कृति र पर्यटन मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय आदान-प्रदान र सहकार्य ब्युरोका उपप्रमुख चु छीका अनुसार, यस सम्मेलनमार्फत सँगै मिलेर बेल्ट एण्ड रोडको निर्माण गर्ने अन्तर्राष्ट्रिय प्रभाव र प्रेरित शक्तिलाई प्रबर्द्धन गरिनुका साथै बेल्ट एण्ड रोडका झन् झन् बढी आबद्ध मुलुकलाई आकर्षित गरिने छ।

सम्मेलन अवधिमा 12 वटा मुलुकका 17 वटा संस्थाले संयुक्त रुपमा प्रदर्शनी सहकार्यको प्रारुप सम्झौतामा हस्ताक्षर गर्दै चिनियाँ राष्ट्रिय संग्रहालयद्बारा प्रस्तावित सभ्यताको आदान-प्रदान शीर्षकका शृंखलाबद्ध प्रदर्शनीमा सहभागी हुन पनि सहमति जनाएका थिए।

जानकारी तथा लेखहरु