फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती हस्तकला --- फुलु र पाङत्येन

(GMT+08:00) 2018-12-25 10:42:10

शान नान तिब्बती जातीय संस्कृतिको जन्मथलोमध्येको एक हो। यहाँ नामी यालुङ नदीबाहेक एक विशेष बस्ती पनि रहेको छ, त्यसको नाम च्येदस्यु हो। सामान्य देखिने यो बस्तीको तिब्बती हस्तकला निकै असामान्य मानिन्छ।

तिब्बती भाषामा च्येदको अर्थ तल्लो भागमा बस्ने वाक्पटु मानिस हो। च्येदस्यु बस्ती ठेट दक्षिणी तिब्बती बस्ती हो। यस बस्तीको क्षेत्रफल ठूलो छैन र जनसंख्या पनि धेरै छैन। ब्रह्मपुत्र यहाँ पुग्दा ठूलो सिमसार बनेकोले यहाँ खेती जमिनको अभाव छ। तर त्यसबाट स्थानीय जनताको जीवन गुणस्तरलाई प्रभावित बनाएको छैन। किनभने यहाँको फुलु अर्थात तिब्बती हस्तनिर्मित ऊन र अर्को पाङत्येन अर्थात तिब्बती पोशाकको लागि नभई नहुने अतिरिक्त वस्तु निकै लोकप्रिय छन्। पुस्तापुस्तौँदेखि चलिआएको यो बुनाइ हस्तशिल्पबाट च्येदस्यु बस्ती विस्तारै नामी भएको छ र तिब्बतका आठ वटा नामी बस्तीमध्येको एक बनेको छ।

तिब्बती भाषामा फुलुको अर्थ हातबाट बनाइने ऊन हो। यो तिब्बती गाउन, तिब्बती बुट, तिब्बती टोपी बनाउने मुख्य सामग्री हो। तिब्बतमा कपास उत्पादन हुँदैन त्यसैले फुलुको मुख्य कच्चा सामग्री ऊन हो। तिब्बतमा फुलु र भित्री भूमिको कपासको कपडा, टेवलपोश कपडा जीवनमा नभइ नहुने आवश्यक वस्तु हुन्। पाङत्येन रङ्गीन मखमल र ऊनबाट निर्मित फुलु हो र सामान्य फुलुभन्दा अझै सुन्दर तथा उत्तम देखिन्छ। पाङत्येनको आकार एप्रन जस्तो देखिन्छ र तिब्बती महिलाको विशेष पोशाक हो। हजारौँ वर्षदेखि तिब्बती महिलाले कम्मरमा बेरिरहेको छ र सुन्दर दृश्य पनि बनेको छ त्यसैले त्यसलाई कम्मर इन्द्रेणी पनि भनिन्छ।

हजारौँ वर्षयता च्येदस्यु बस्ती फुलु र पाङत्येन बनाउने आधारमा विकास भइरहेको छ। स्थानीय उखान छ: अन्नका लागि खेतीमा निर्भर, पैसा कमाउन पाङत्येनमा। च्येदस्युको पाङत्येनको कच्चा सामग्री अति उत्तम छ किनभने यसमा सबैभन्दा राम्रो मखमल र ऊन मात्रै प्रयोग हुन्छ। स्थानीयले लाङच्येस्ये बस्तीको च्येपुथाङमा हजारौँ भेडा पालन गरेका छन् र उत्तम ऊनका लागि ध्यानपूर्वक भेडाको चयन गर्छन् र घाँटीको ऊन मात्रै प्रयोग गर्छन्। च्येदस्यु फुलुको शिल्प निकै जटिल छ, रङ्ग निकै शानदार छ। दशौँ वर्षसम्म प्रयोग गरे तापनि रङ्ग उड्दैन। विभिन्न रङ्ग मिलेको फुलु विभिन्न शैलीको पोशाकसँग मिलाइन्छ र विभिन्न उमेरका महिलाले पनि आफ्नो पाङत्येनसँग मिल्ने छान्नसक्छन्। च्येदस्यु बस्तीमा हरेक परिवारले इन्द्रेणी बुनाइ गर्ने गर्छन् भन्न सकिन्छ।

च्येदस्यु बस्तीको घुमाउरो ढुङ्गे सडक छेउको किनारमा बगिरहेको पानीको आवाज सुनेर सजिलै रुपमा समय र आफूलाई बिर्सन सकिन्छ। साथै हरेक परिवारमा काठे मशिनले फुलु बुनाइ गरिरहेको नियमित आवाजबाट पनि निकै आनन्द लाग्छ। हाल यही बुनाई नै च्येदस्यु बस्तीको मुख्य उद्योग व्यवसाय बनेको छ। सुन्दर फुलु र पाङत्येन नेपाली व्यापारीमार्फत विदेशमा पुग्छ र निकै लोकप्रिय बनेको छ। आज पनि धेरै नेपाली व्यापारीका सन्तानहरू च्येदस्यु बस्तीमा छन्। हाल नेपाली व्यापारी मात्रै होइन विश्वका विभिन्न क्षेत्रका व्यापारीले पनि यहाँ व्यापार गर्छन्। सुन्दर कम्मर इन्द्रेणी तिब्बत र विश्वबीच आदान-प्रदान गर्ने पूल बनेको छ।

जानकारी तथा लेखहरु