फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घरको छानोमा प्राचीन किम्वदन्तीको संसार

(GMT+08:00) 2018-12-26 09:04:15

माटोलाई मुछेर मिलाएपछि काठे छुरीको प्रयोगबाट एउटा जीवन्त माटोको मूर्ति बनेको देख्नसकिन्छ। चीनको पश्चिमी भागमा पर्ने कान्सु प्रान्तीय फिङल्याङमा बस्ने ५५ वर्षीय लीउ छ्वान घरको छानोलाई सिंगार गर्ने माटो मूर्तिका उत्तराधिकार हुन्। यस छानोमा पवित्र वन्यजन्तुको मूर्ति बनाउनु अधिकारको प्रतीक हो। शाही घराना तथा सरकारी पदस्थ कर्मचारीको पद र अधिकार अनुसार फरक फरक हुने गर्दछ। साथै यसरी सिंगार्नु भनेको खराबलाई पन्छाउने एवम् प्रार्थना तथा आशीर्वाद पनि मानिन्छ।

बाल्यकालदेखि नै माटो खेल्दैआएका लीउ छ्वानको माटोसँगको सम्पर्क लगभग ५० वर्ष भइसकेको छ। यस कलालाई जीविकाका लागि पेशा समेत बनाएका उनले किम्वदन्तीमा उल्लेखित सय किसिमका पवित्र वन्यजन्तुको रूप दिमागमै राखिसकेका छन्। उनको परिवारमा ४ पुस्तादेखि छानो सिंगार माटो मूर्ति बनाउँदै आएका छन् र हालसम्म २०० वर्ष भइसकेको छ। उनका अनुसार, हाल प्राचीन भवन र चोकको दृश्यको लोकप्रियतासँगै छानो मूर्तिप्रति माँग पनि बढ्दै गएको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु