फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय बहादुर लिन च स्यु

(GMT+08:00) 2018-12-26 11:06:38

छिङ्ग राजवंशका खाङसी सम्राटको शासन कालदेखि उनका छोरा युङचङ सम्राट र नाति छ्यानलुङ सम्राटको शासन कालसम्म छिङ राजवंश "खाङ-छ्यान" समृद्धि कालमा प्रवेश गरेको थियो। तर छ्यानलुङ सम्राटको शासन कालको अन्तिम समयदेखि छिङ राजवंशको शक्ति क्रमशः बलियोबाट कम्जोर हुँदै गएको थियो।

त्यसका साथै बेलायत, अमेरिका, फ्रान्सलगायत देशहरुले औद्योगिक क्रान्ति पूरा गरेर व्यापक बजार र कच्चा मालको उत्पादन चाहन्थे। सर्वप्रथम बेलायतले आफ्नो नजर चीनमाथि पुर्‍यायो। तर चीनसँगको व्यापारमा बेलायतको व्यापार घाटा थियो। बेलायतले चीनबाट धेरै माल-सामानको आयात गर्नका लागि प्रशस्त मात्रामा चाँदी र सम्पत्ति चीनलाई दिनुपर्‍यो। यस्तो अवस्थामा परिवर्तन ल्याउनका लागि बेलायत लगायत उपनिवेशवादीहरूले चीनमा अफिम विक्री गर्न थाले। अफिमको जुसद्वारा बनाइएको एक किसिमको लागू पदार्थ हो। बेलायत पहिलो अफिम व्यापारी हुनुका साथै दोस्रो अमेरिका बन्यो। रुसले मध्य-एशिया हुँदै चीनको उत्तरी क्षेत्रमा अफिमको व्यापार गर्‍यो।

अफिमको व्यापारमार्फत उपनिवेशवादीहरूले धेरै पैसा कमाउनुका साथै चीनको सामरिक अर्थतन्त्रमाथि क्षति पुर्‍याएका थिए। छिङ सरकारको नाफा जति घाटामा परिणत भयो। र अफिम खाने चिनियाँहरुको स्वास्थ्य र मानसिकता पनि भंग गरियो।

त्यसैले सर्वसाधारणले अफिम निषेध गर्ने आह्वान क्रमशः बढाउन थाले। सरकार र केही बुद्धिमान अधिकारीहरूले अफिम निषेधको महत्वपूर्ण अर्थ बुझेका थिए। सन् १८३८ ह्वाङ च्वे च, लिन च स्यु, थाउ शु आदि अधिकारीहरुले तत्कालीन ताउ क्वाङ सम्राटसमक्ष अफिम निषेध गर्न अनुरोध गरेका थिए।

लिन च स्युको विचारमा यदि अफिमको निषेध नगरेमा दशौं वर्षपछि चीनमा शत्रुको प्रतिरक्षा गर्ने सैनिक र युद्धमा चाहिने पूँजीको अभाव हुनेछ। ताउ क्वाङ सम्राटले लिन च स्युको विचारलाई स्वीकार गरेर उनलाई क्वाङ चौमा पठाए।

लिन च स्युले क्वाङ्ग चौमा कडा नीति लागू गरेर चिनियाँ तथा बेलायती अफिम व्यापरीबाट बीस हजार बक्सको अफिम संकलन गरेका थिए। सन् १८३९ अप्रिल २२ तारिख लिन च स्युले हु मन नामक क्षेत्रमा नुन र लेमद्वारा अफिम बरामद गरेका थिए। बीस दिनको अवधिमा संकलन भएका सबै अफिम बरामद गरिसकिएको थियो।

लिन च स्युको नेतृत्वमा रहेको अफिम निषेध आन्दोलनसँगै अतिक्रमणको विरोध र राष्ट्रिय जीवन अधिकारको सुरक्षा गर्ने महत्वपूर्ण अर्थ रहेको छ। त्यसैले लिन च स्यु चीनको इतिहासमा राष्ट्रिय बहादुर मानिन्छन्।

जानकारी तथा लेखहरु