फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"तिब्बतको राम्रो पानी"शिर्षकको पैचिङ्ग प्रचारप्रसार कार्यक्रम

(GMT+08:00) 2018-12-27 11:00:36

यस डिसेम्बर 24 तारिख विहान"तिब्बतको राम्रो पानी"शीर्षकको पैचिङ्ग विशेष प्रचारप्रसार एवम सेल्स प्रोमोसन कार्यक्रम पैचिङ्गमा आयोजना भएको छ। यस कार्यक्रमले"तिब्बतको राम्रो पानी"द्वारा पैचिङ्गका वासिन्दाले दीर्घकालीन रुपमा तिब्बतलाई दिएको सहायताको जवाफ दिइने लक्ष्य लिएको छ। साथै यस कार्यक्रमले पैचिङ्ग लगायत चीनको सारा उत्तरी क्षेत्रमा"तिब्बतको राम्रो पानी"भन्ने ब्रान्डलाई प्रचारप्रसार गर्दै संचिति बजारको विकास गरेको छ।

यस कार्यक्रममा तिब्बत स्वायत्त प्रदेशको सरकारका उपाध्यक्ष वाङ्ग हाइ चौ,चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति अन्तर्गत पैचिङ्ग शहरका स्थायी सदस्य एवम् पैचिङ्गका उपमेयर यीन युङ्गले भाषण दिनुभएको छ। यसका अतिरिक्त उद्योग तथा सूचनाकरण मन्त्रालय,वाणिज्य मन्त्रालय,राज्य परिषदको राष्ट्रिय राज्य स्वामित्वको सम्पत्ति पर्यवेक्षण र प्रशासन आयोग आदि विभाग,31वटा केन्द्रीय सरकारी व्यवसाय,सम्बन्धित औद्योगिक परिषदका लगभग 230 जना नेता तथा प्रतिनिधिहरुले यस कार्यक्रममा भाग लिएका छन्।

यस कार्यक्रममा तिब्बत स्वायत्त प्रदेशका नौ वटा प्राकृतिक खाने पानी उत्पादन व्यवसायले आफ्ना पचास किसिमका उत्पादनको प्रदर्शन गरेका छन्। पैचिङ्गका वासिन्दाले यस कार्यक्रममा हिउँदे पठारभूमिको ताजा प्राकृतिक पानी पिएका छन्। धेरै व्यवसायले यस कार्यक्रममा सहयोगात्मक सम्झौतामा हस्ताक्षर गरेका छन्।

तिब्बत स्वायत्त प्रदेशको सरकारका उपाध्यक्ष वाङ्गले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत तिब्बत स्वायत्त प्रदेश समिति,तिब्बतको सरकारको तर्फबाट पैचिङ्गद्वारा दीर्घकालीन यता तिब्बतको आर्थिक तथा सामाजिक विकासका लागि दिइएको ठूलो सहायताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँका अनुसार सुधार तथा खुलापनको चालिस वर्षमा विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टीको 18औं महाधिवेशन भएदेखि यता राष्ट्राध्यक्ष सी चिन फिङकेन्द्रीत चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सदिच्छापूर्ण हेरचाह र द्दढ नेतृत्वमा तिब्बतमा ऐतिहासिक परिवर्तन देखापरेको छ। आर्थिक तथा सामाजिक विकासमा ठूलो उपलब्धि पाइएको देखिन्छ।हाल तिब्बतले प्रारम्भिक रुपमा प्राकृतिक खाने पानी लगायत पठारभूमिको विशेषतासहित औद्योगिक प्रणालीको स्थापना गरेको छ। साथै तिब्बतले ऊर्जास्रोतको विकास र पर्यावर्णिय वातावरणको संरक्षणलाई द्दढ जोड दिँदै गएको छ।

पैचिङ्गका उपमेयर यीन युङ्गले जोड दिनुभएअनुसार हाल केही वर्षयता केन्द्रीय समितिको छैठौं तिब्बत काम गोष्ठीको भावनाको निर्देशनमा पैचिङ्गले तिब्बतको ल्हासा शहरलाई प्रत्यक्ष सहायता प्रदान गरेको छ। जसबाट पैचिङ्ग र ल्हासाबीचको सहयोग तथा आदानप्रदानलाई बढाइएको देखिन्छ। पैचिङ्ग भविष्यमा पैचिङ्गले तिब्बतका लागि सहायतालाई ठूलो परिमाणमा प्रवर्द्धन गर्दै जाने छ।

जानकारी तथा लेखहरु