फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पञ्चेन लामाको नयाँ दरबार

(GMT+08:00) 2019-01-01 13:32:02

पञ्चेन लामाको नयाँ दरबार टासिलोन्पो गुम्बाबाट दक्षिणमा पर्छ। यो सन् १९५४ मा दशौँ पञ्चेन लामाले निर्माण गर्नुभएको ग्रीष्मकालीन दरबार हो। सन् १९५४ मा हरेक पञ्चेन लामाले ग्रीष्म छुट्टी मनाउनुहुने र धार्मिक कार्यक्रम चलाउनुहुने च्योलिन दरबार बाढीको कारण ध्वस्त भएको थियो। त्यसपछि चीन सरकारले शिगाचेबाट दक्षिणी क्षेत्रमा पञ्चेन लामाको उक्त नयाँ दरबारको निर्माण गर्न विशेष गरी पाँच लाख चिनियाँ युआन खर्चेको थियो। नवौँ, दशौँ, एघारौँ पञ्चेन लामाहरू त्यहाँ बस्नुभएको थियो। दशौँ पञ्चेन लामाको उक्त दरबारमा नै निधन भएको थियो।

नयाँ दरबारको क्षेत्रफल पचास वर्ग मिटरभन्दा ठूलो छ। दरबारमा पञ्चेन लामाको सुत्ने कोठा, अफिस, ठूला-साना गरी पाँच वटा धर्मग्रन्थ कक्ष लगायतका छन् र त्यहाँ सयभन्दा धेरै बुद्ध मूर्तिहरू राखिएका छन्। परम्परागत र आधुनिक निर्माण शैलीबाट पञ्चेन लामाको नयाँ दरबारको निर्माण भएको छ। त्यसैले दरबार भव्य तथा शानदारका साथै सरल तथा सुरुचिपूर्ण पनि देखिन्छ।

1  2  
जानकारी तथा लेखहरु