फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

द्दढ तथा निरन्तर रुपमा वित्तीय उद्योगको सुधार तथा खुलापनलाई प्रवर्द्धन गर्दै जाने चिनियाँ पदाधिकारीको धारणा

(GMT+08:00) 2019-01-03 15:18:57

सन् 2018 चीनको सुधार तथा खुलापन भएको चालीसौं वाषिकोत्सव हो। चालीस वर्षयता चीनको वित्तीय उद्योगमा बन्ददेखि खुल्लासम्म,सानोदेखि विशाल परिमाणसम्म विकासित भएको ऐतिहासिक परिवर्तन देखिन्छ। हाल चिनियाँ वित्तीय उद्योगका धेरै पदाधिकारीले जोड दिनुभएअनुसार द्दढ तथा निरन्तर रुपमा वित्तीय उद्योगको सुधार तथा खुलापनलाई प्रवर्द्धन गर्दै जाने छ। साथै भावी बैंकिंग उद्योगको बीमा उद्योग र पूँजी बजारले धेरै खुलापन कदमलाई स्वागत गर्ने भएको छ।

सम्बन्धित तथ्याङ्कअनुसार हालसम्म चीनको बैंकिंग उद्योगको कूल सम्पत्ति 2600खर्ब चिनियाँ युआन पुगेको छ भने सारा विश्वको पहिलो स्थान लिएको छ। सन्2017 बीमा उद्योकको बीमा खर्च आय 36खर्ब 60अर्ब चिनियाँ युआन पुगेको छ भने सारा विश्वको दोस्रो स्थान लिएको छ। साथै चीनसँग विश्वको तेस्रो ठूलो ऋण बजार रहेको छ।

चीनको बैंकिंग बीमा निगरानी तथा व्यवस्थापन समितिका उपाध्यक्ष वाङ्ग चाउ सिङ्गका अनुसार भविष्यमा वित्तिय उद्योगले सुधार तथा खुलापनले विदेशमा देखापरेको झन झन बढी जटिल वातावरणको सामना गर्नुपर्छ।विभिन्न वित्तिय जोखिमको समाधान गर्दै आफ्नो दिगो विकासका लागि नयाँ शक्ति सिर्जना गर्नुपर्छ। उहाँले भन्नुभयो:हामीले आर्थिक विकासको गुणस्तरलाई जोड दिनुपर्छ। पहिलेको परिमाण तथा गतिलाई जोड दिएबाट वर्तमानको गुणस्तर र क्षमतालाई जोड दिनुमा परिवर्तन भएको छ। वित्तीय विकासको रणनीति,वित्तीय मोडेल,व्यापार संरचना आदि क्षेत्रमा ठूलो परिवर्तन चाहिन्छ। यी सबै काम सुधार तथा खुलापनबाट व्यवहारमा उतारिनुपर्छ।

उपाध्यक्ष वाङ्गका अनुसार नयाँ परिस्थितिमा चीनको वित्तीय उद्योगले अझ व्यवस्थित सुधार तथा खुलापनको लक्ष्यलाई साकार तुल्याउनुपर्छ।

गत वर्ष चीनको पूँजी बजारको खुलापन पाइला तीव्र गतिमा विकसित भैरहेको देखिन्छ। यसप्रति चीनको स्टक पर्यवेक्षण आयोगका उपाध्यक्ष ली छ्वाउका अनुसार बजारीकरण,अन्तरराष्ट्रियकरण,कानूनीकरण भन्ने दिशालाई कायम राख्दै पूँजी बजारको सुधार तथा खुलापन राम्ररी गर्नुपर्छ। उहाँले भन्नुभयो:

विदेशी पूँजी शेयर होल्डिङ कम्पनी,कोष कम्पनी,भविष्यकालीन स्टक कम्पनीले चिनियाँ बजारमा प्रवेश गर्ने अनुमोदन प्रगतिलाई तीव्र बनाउने छ। साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा शक्तिसहित मिलिजुली लगानी बैंकको निर्माणलाई प्रवर्द्धन गर्ने आदि कदम रहेको छ।

जानकारी तथा लेखहरु