फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले शिक्षामार्फत गरिबी निवारण कार्यमा सकारात्मक उपलब्धि हासिल

(GMT+08:00) 2019-01-04 09:26:15

हालैका वर्षहरूयता चीनको शिक्षा मन्त्रालयले शिक्षामार्फत गरिबी निवारण कार्यलाई सक्रियताका साथ अगाडि बढाएको छ। शिक्षामार्फत गरिबी निवारण व्यवस्था तथा प्रणालीको स्थापना गर्ने, महत्वपूर्ण परियोजना लागू गर्नेआदि कदमहरू चालेर गरिबी मुक्तिलाई अगाडि बढाएको छ भने चीनको विशेषतायुक्त शिक्षाले गरिबी निवारण बाटोको अन्वेषण गरेको छ र सकारात्मक उपलब्धि हासिल गरेको छ।

हालैका वर्षहरूयता चीनको शिक्षा मन्त्रालयले शिक्षामार्फत गरिबी निवारण कार्यलाई अगाडि बढाएको छ। हालसम्म शिशु विद्यालयमा भर्ना भएको दर ७९.६ प्रतिशत पुगेको छ। चीनका ८३२ वटा गरिब जिल्लाको शिक्षा संचालन पूर्वाधार सुधार कार्य आधारभूत रुपमा पूरा भएको छ। ३ करोड ७० लाख विद्यार्थी यसबाट लाभान्वित भएका छन्। चीनको शिक्षा मन्त्रालयअन्तर्गत विकास योजना विभागका प्रमुख लिउ छाङ याले भन्नुभयो "शिक्षामा पैसा लगाउने, शिक्षाका लागि चन्दा दिने, शिक्षालाई सहायता दिने कदमहरू, स्थानीय संस्कृतिको प्रचार-प्रसार गर्ने कदम, गरिबी निवारणसम्बन्धी ज्ञान सिकेर जनताको गुणस्तरलाई माथि उकास्ने कदम, जन श्रोत साधनको विकास गर्ने कदमआदि कदमहरूमार्फत गरिब क्षेत्रको अर्थतन्त्र तथा संस्कृति र गरिब जनताको मुहारमा परिवर्तन भएको छ। अन्त्यमा गरिबीबाट मुक्त हुने लक्ष्य पूरा हुने छ।"

ह पै प्रान्तको वै जिल्ला सन् २०१२ मा चीनको गरिब जिल्ला निश्चित गरिएको थियो। छ वर्षपछि हाल वै जिल्लाले १ लाख ६७ हजार जना गरिब वासिन्दा घटाएको छ। गरिबी दर पहिलाको ३४.१ प्रतिशतबाट घटेर हालको ०.८१ प्रतिशत पुगेको छ। चालू वर्षको सेप्टेम्बर महिनामा वै जिल्ला गरिबीबाट मुक्त भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको वै जिल्ला समितिका उप सचिव वाङ चेन व्हाले वै जिल्लाको गरिबी निवारण बाटोमा शिक्षामार्फत गरिबी निवारणले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले भन्नुभयो "पहिलो, "माध्यमिक विद्यालयमा व्यवसायिक शिक्षा कक्षा" परीक्षणात्मक रुपमा संचालन भएको छ। यो कक्षाले विद्यार्थीहरूलाई पेशा र पेशा जीवनको अनुभव उपलब्ध गराउँछ। दोस्रो, पेशाको क्षमताको तालिम दिइएको छ। तेस्रो, विश्वविद्यालयको श्रेष्ठताको प्रयोग गरी वै जिल्लाको व्यवसाय रुपान्तरणका लागि प्राविधिक समर्थन दिइएको छ।"

चिनियाँ औषधी विश्वविद्यालयले पल्लो शान सी प्रान्तको चन फिङ जिल्लामा भित्र्याएको "चिनियाँ जडीबुटी कणिका" परियोजना चीनको शिक्षा मन्त्रालयका ४४ वटा गरिबी निवारण परियोजनामध्येको एक हो। चिनियाँ कम्युनिष्ट पार्टीको चिनियाँ औषधी विश्वविद्यालय समितिका सचिव चिन नङ मिङले भन्नुभयो "एक अर्ब चिनियाँ युआनको कुल लगानी रकमको चिनियाँ जडीबुटी कणिका परियोजना चन फिङ जिल्लामा लागू गर्न अगाडि बढाइएको छ। यो परियोजनाको निर्माण शुरु भएपछि चन फिङ जिल्लाका वासिन्दा लाभान्वित हुनुका साथै पल्लो शान सी प्रान्तको पहाडी क्षेत्रका गरिब गाउँलाई गरिबीबाट मुक्त हुन सहयोग पुग्ने छ।"

पैचिङ नोर्मल विश्वविद्यालयअन्तर्गत चिनियाँ गरिबी निवारण अध्ययन प्रतिष्ठानका प्रमुख प्राध्यापक चाङ छिको विचारमा शिक्षामार्फत गरिबी निवारणले गरिबी निवारण क्षेत्रमा स्पष्ट भूमिका निर्वाह गरेको छ। गरिबी निवारणको लक्ष्य आम्दानीमा वृद्धि हुनु मात्र नभई क्षमतालाई माथि उकास्नु हो। यसले गर्दा गरिबी निवारणको गुणस्तर बढ्ने छ।

जानकारी तथा लेखहरु