फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व बैंकका अध्यक्षको राजिनापछि "अमेरिका प्राथमिकता"संकटमा

(GMT+08:00) 2019-01-17 09:31:36

सन् 2019 को आरम्भिक अवधिमा विश्व बैंकका अध्यक्ष किम योङ्गले राजिनामा गर्ने घोषणा गर्नुभएको छ। यो आकस्मिक घोषणाले वर्तमान अवस्थामा रहेको बहुपक्षीयमा अझ नाकारात्मक प्रभाव पारेको देखिन्छ। अध्यक्ष किमको उक्त निर्णयले अन्तर्राष्ट्रिय समाजका लागि के प्रभाव सिर्जना गर्ने छ?विश्व बैंकका आउने अध्यक्षले "अमेरिका प्राथमिकता"भन्ने अडानलाई विश्व बैंकमा भित्र्याउने छ कि छैन?

किम योङ्गको राजिनामापत्रका अनुसार अध्यक्ष किमले यही फेब्रअरी एक तारिख विश्व बैंकबाट औपचारिक राजिनामा गरेपछि विकासोम्मुख मुलुकको पूर्वाधार प्रबन्धको लगानी सम्बन्धी एक संस्थामा भाग लिनुका साथै शैक्षणिक अनुसन्धान गर्न थाल्नुहुने छ। राजिनामा गर्नुपर्ने खास कारणका बारेमा उहाँले केही बताउनुभएको छैन। उहाँको यो निर्णय र अमेरिकाको वर्तमान सरकारबीच सम्बन्ध रहेको समस्त जनमत रहेको बुझिन्छ। सन् 2012 देखि सन् 2017 सम्म किमको कार्यावधि सबै बाराक ओबामा सरकारको समर्थनको आधारमा रहेको थियो। अमेरिकाको वर्तमान सरकारले एकपक्षीयवाद लिँदै कोइला तथा खनिज उत्पादन पुनः सुरु गर्ने कार्यको प्रवर्द्धन गरेको छ। तरपनि किम योङ्गले वैश्वीकरणको समर्थन गर्दै सफा स्रोतको प्रचारप्रसार गर्दै आउनुभएको छ। उहाँको नेतृत्वमा रहेको विश्व बैंकले कोइला उर्जामा पूँजी जुटाउने कार्यमा समर्थन दिएको छैन।

विश्व बैंकका अध्यक्ष नियुक्त भएपछि किम योङ्गले चीन लगायत विकासोमुख मुलुकको समर्थन पाउनुभएको छ। उहाँले विकासोम्मुख मुलुकद्वारा प्रस्तुत विश्व व्यापार संगठनको सुधार योजनाको प्रशंसा गर्दै बहुपक्षीय स्वतन्त्र व्यापारलाई समर्थन दिनुभएको छ। सन् 2014 देखि अध्यक्ष किमले धेरै पटक एसियाली पूर्वाधार लगानी बैंक,ब्रिक्स मुलुक नयाँ बैंक,"बीआरआई" सहयोगात्मक प्रस्तावलाई समर्थन ऊर्द्दे घोषणा गर्नुभएको छ। उहाँको शक्तिशाली प्रवर्द्धनमा विश्व बैंकले सन् 2018 मा ऐतिहासिक सबैभन्दा ठूलो शेयर पुनर्गठन सम्बन्धी सम्झौता पारित गरेको थियो। विश्व बैंकका प्रधान संस्था अन्तर्राष्ट्रिय पुनरुत्थान विकास बैंकमा चीनले लिएको शेयर 4.68 प्रतिशतबाट बढेर 6.01 प्रतिशत पुगेको छ। मतदान अधिकार 4.45 प्रतिशतबाट 5.71 प्रतिशत‌ भएको छ।

अध्यक्ष किमले आफ्नो कार्यावधिमा सक्रिय रुपमा विश्व बैंक र चीनबीचको सहयोगलाई प्रवर्द्धन गर्नुभएको छ। उहाँको राजिनामाले चीनका लागि केही प्रभाव सिर्जना गर्ने भएको छ। तापनि विश्व बैंकमा चीन नै सहयोगको बृद्धि हो। जुनसुकै नयाँ अध्यक्षले उक्त कुरालाई बेवास्ता गर्न सक्दैनन्। विश्व बैंकमा चीनले सिर्जना गर्ने भूमिका ऋणीबाट शेयरधनी मुलुक तथा सहयोगात्मक साझेदारी सम्बन्धसम्म परिवर्तन भइरहेको छ।

दोस्रो विश्व युद्धपछि विश्व बैंकका अध्यक्ष सबै अमेरिकी राष्ट्रपतिले मनोनित गर्ने चलन छ। पूर्वानुमान अनुसार अमेरिकाले अब मनोनित गर्ने नयाँ विश्व बैंक अध्यक्षले अन्य मुख्य आर्थिक समूहको जाँच पार गर्नुपर्छ। यदि अमेरिकी सरकारले यो समस्यामा स्पष्ट रुपमा"अमेरिका प्राथमिकता"भन्ने नारा लिनेमा विश्व बैंकका अन्य सदस्य मुलुकको विरोधको सामना गर्नुपर्नेछ। त्यसैले अमेरिकाले निरन्तर रुपमा विश्व बैंकलाई सञ्चालन गर्नका लागि"अमेरिका प्राथमिकता" भन्ने बाटो लिन सक्दैन।

जानकारी तथा लेखहरु