फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्कूलमा "भान्सा देवता बुवा"

(GMT+08:00) 2019-01-17 09:54:02

चिनियाँ च्याङ सी प्रान्तीय यीङथान शहरीय छुनथाउ बस्तीको ह्वाङ नी स्कूलमा २५ जना विद्यार्थीहरू छन्। ती विद्यार्थीका बुवा-आमाहरू टाढा क्षेत्रमा काम गर्ने भएकाले पारिवारिक भेट मुश्किल छ। गत वर्षको सेप्टेम्बर महिनादेखि ४४ वर्षिय चाङ चानल्याङ उक्त स्कूलको प्रमुखमा नियुक्त भएका छन्। विद्यार्थीहरूलाई न्यानो माया दिनका लागि प्रमुख चाङ आफैले खाद्यसामग्री किनेर खाना पकाएका छन्।

 स्कूलमा अलग भान्सा नभएकाले प्रमुख चाङले बाहिर तरकारीलगायत खानेकुरा पकाएका छन् र आगोका रूपमा बिग्रेका टेबल-कुर्सी र सुख्खा पातपतिङ्गरको प्रयोग गरेका छन्। विद्यार्थीहरूले उनलाई माया गरेर "भान्सा देवता बुवा" भन्छन्। "भान्सा देवता बुवा"ले खानेकुरा पकाउँदा विद्यार्थीहरूले सधैं नै उनलाई सहयोग गर्छन्।


1  2  3  
जानकारी तथा लेखहरु