फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चुङ पहाडको बेलायत आक्रमण प्रतिरोधी दरबार

(GMT+08:00) 2019-01-22 14:49:22

 

च्याङ च जिल्लाको एउटा पहाडमा एउटा दरबार छ। यो नै चर्चित बेलायत आक्रमण प्रतिरोधी क्षेत्रमा रहेको चुङ पहाड दरबार हो र त्यसलाई बहादुर महल पनि भनिन्छ। हालसम्म पनि त्यहाँ एक सय वर्षभन्दा अघि तिब्बती सेना र जनताले आफ्नो प्राणको आहुति दिएर बेलायती सेनाको आक्रमणको प्रतिरोध गर्दाको तोप तथा अरू सैन्य सामाग्री अझै राखिएको छ।

चुङ पहाड दरबार पालकोर गुम्बापछाडिको पहाडमा पर्दछ। समुद्र सतहदेखि चार हजार एक सय मिटरमा पर्ने यो दरबार हालसम्म तिब्बतमा सम्पूर्ण रुपमा संरक्षित भएको एक मात्रै प्राचीन तिब्बती सरकारको निर्माणवस्तुको भग्नावशेष हो। तिब्बती भाषामा चुङको अर्थ महल हो। चौध शताब्दीको सुरुमा प्राचीन तिब्बत शासन पतन भएपछिको साग्या शासन कालमा तत्कालिन् राजा फापापाइले चुङ पहाडमा उक्त दरबार निर्माण गर्नुभएको थियो। त्यतिखेर यो महलको नाम च्येकार्च थियो जसको अर्थ उत्कृष्ट दरबार हो। त्यसलाई छोटकरीमा च्येच पनि भनिन्थ्यो। विस्तारै विस्तारै च्येचलाई पनि च्याङच भन्न थाल्यो। यो च्याङ च जिल्लाको नामाकरण कथासँग पनि जोडिएको छ।

महलमा सेतो बुद्ध स्तुप र रातो गुम्बा छन्। महललाई घेरिएको पर्खाल भीरको सीमामा निर्माण भएको छ। भीरभन्दा पश्चिममा नामी पालकोर गुम्बाको लाखौँ बुद्ध स्तुप छन्। भीरको बाहिरी रुप मृत वृक्ष जस्तो देखिन्छ जसबाट महलको लामो इतिहास देख्नपाइन्छ। पहाड तल सल्ला र देवदारका रूखहरू प्रशस्त रोपिएका छन् र हरियाली देखिन्छ जसबाट महलको भव्य तथा गम्भीर रुप पनि देखिन्छ।

1  2  
जानकारी तथा लेखहरु