फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सबैभन्दा बढी वास्ता गर्ने मान्छे

(GMT+08:00) 2019-02-06 14:15:29

छुन फङ सी सी-जीवनयापनबारे सी चिन फिङको कथा-2

हरेक बसन्त चाडको पूर्वसन्ध्यामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङ सधैं चीनको विपन्न क्षेत्रमा पुग्नुहुन्छ। यो उहाँले भन्नुभएको झैं:"नव वर्षको उपलक्ष्यमा मैले सबैभन्दा बढी वास्ता गर्ने मान्छे अपठ्यारो स्थितिमा रहेका सर्वसाधारण हुन्"। महासचिव सी चिन फिङको स्वदेशको निरीक्षणको कार्य-सूचि हेर्दा उहाँले चीनका सम्पूर्ण सबैभन्दा विपन्न क्षेत्रमा निरीक्षण गर्नुभएको पाइन्छ। उहाँले विपन्न सर्वसाधारणको साँच्चो जीवनको निरीक्षण गरी यी क्षेत्रमा विपन्न भएको कारण पत्ता लगाएर गरिबी निवारण कार्यको लक्ष्य बनाउनुभएको छ। चीनका सर्वोच्च नेताको हैसियतले सी चिन फिङले धेरै पटक "चौतर्फी रुपमा सम्पन्न"हुने् मार्गमा एक जना गरिब मान्छेलाई पन्छाउनुहुँदैन तथा "व्यापक किसानहरुलाई सुधार तथा विकासको उपलव्धि"उपभोग गराउनुपर्ने कुरामा जोड दिनुभएको छ। आज हामीले छुन फङ सी सी-जीवनयापनबारे सी चिन फिङको कथाको दोस्रो लेख-सबैभन्दा बढी वास्ता गर्ने मान्छे प्रस्तुत गर्दै छौँ।

सन् 2016 को जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समिति तथा चिनियाँ राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनमा सी चिन फिङले श्याङ सी थु च्या जातीय तथा म्याउ जातीय स्वशासित प्रिफ्रेक्चर को चेन छ्य्वुनसँग कुराकानी गर्नुभयो। सी चिन फिङले यस स्वशासित प्रिफ्रेक्चरको श पा तुङ गाउँको अवस्थाबारे सोध्नुभयो। किसानहरुका लागि विवाहको समस्या नै वास्तवमा गरिबी निवारण क्षेत्रको समस्या हो।

चीन सरकारले सार्वजनिक गरेको ग्रामिण क्षेत्रको मापदण्ड अर्थात प्रति व्यक्तिको प्रति वर्षको आय दुई हजार तीन सय चिनियाँ युआनभन्दा कमी हो। यसबाट हिसाब गर्दा सन् २०१३ मा श पा तुङ गाउँका प्रति व्यक्तिको प्रति वर्षको सरदर आय एक हजार सात सय चिनियाँ युआन मात्रै थियो। सी चिन फिङले यस गाउँमा पहिलो पटक"व्यावहारिक गरिबी निवारण"सम्बन्धी सिद्धान्त प्रस्तुत गर्नुभयो। उहाँले वास्तविकता अनुसार काम गर्नुपर्ने र विभिन्न ठाउँमा विभिन्न नीतिको अवलम्बन गर्नुपर्ने तथा विभिन्न व्यवसायलाई विभिन्न तरिकाबाट निर्देशन दिनुपर्ने कुरामा जोड दिनुभयो। त्यसपछि यो गाउँ सन् २०१७ मा विपन्न अवस्थाबाट मुक्त भयो। गरिब अवस्थाबाट मुक्त हुनुका साथै गाउँका धेरै युवाले पनि विवाह गरे।

सन् २०१७ को जुन महिनामा सी चिन फिङले वल्लो शान सी प्रान्तको ल्य्वी ल्याङ शान क्षेत्रको निरीक्षण गर्नुभयो। चाउ च्या वा गाउँ यस क्षेत्रको सबैभन्दा गरिब गाउँ हो। गाउँबासी लिउ फु यौको चाम्रो खाटमा बसेर सी चिन फिङले उनलाई हरेक वर्षको आम्दानी तथा सबैभन्दा चिन्ता गर्नुपर्ने कुराबारे सोध्नुभयो। लिउ फु यौ त्यो कुरा सम्झैदै भन्छन्:

महासचिव सी चिन फिङले मेरो घर आएर मलाई मेरो खर्च कसरी चलेको छ भनेर सोध्नुभयो। मैले मेरो प्रायजसो आम्दानी खानामा तथा औषधीमा खर्च भएको जवाफ दिएँ।

सम्बन्धित सर्वेक्षणका अनुसार,चीनमा रोग लागेपछि विपन्न अवस्थामा परेको जनसंख्या कूल गरीबीमध्ये चालीस प्रतिशत भन्दा बढी पुगेको छ। सी चिन फिङले यो समस्यालाई लक्षित गर्नुभयो। सन् २०१७ मा आधारभूत चिकित्सा संस्थाका आठ लाख भन्दा बढी कर्मचारीले दुई महिनामा चीनभरी भएका गरिब परिवारको सर्वेक्षण गरी पैंतालीस किसिमको रोगलाई गम्भिर रोगको परिभाषा गरे। चालू वर्षको नव वर्षको बधाई सन्देशमा सी चिन फिङले बितेका एक वर्षमा एक करोड किसानहरु गरिब अवस्थाबाट मुक्त भएको भन्दै क्यान्सर प्रतिरोध १७ वटा औषधीको मूल्यलाई घटाएर तिनीहरुलाई चिकित्सा विमामा राखिएको बताउनुभयो।

सन् २०२० नजिकिँदै आएको छ। सी चिन फिङको मनमा चौतर्फि रुपमा सम्पन्न समाज भनेको चीनमा सबैभन्दा अप्ठ्यारो स्थितिमा परेका जनता पनि प्रतिष्ठित सुखमय जीवन विताउनु हो।

जानकारी तथा लेखहरु