फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वसन्त चाड-3

(GMT+08:00) 2019-02-06 14:18:52

आज चिनियाँहरुका लागि सबैभन्दा ठूलो चाड वसन्त चाडको दोस्रो दिन हो। कार्यक्रमको सुरूमा वसन्त चाडको शुभकामना गर्छु।

पहिलो महिनाको एक तारिख अर्थात् नयाँ वर्षको पहिलो दिन परिवारका बुढा-बुढी होउन् वा केटा-केटीहरु, सबैजना नयाँ लुगा लगाएर पाहुनाहरुलाई स्वागत गर्न वा अरु नाता-कुटुम्ब, इष्ट-मित्र र असल छिमेकीहरुलाई शुभकामना दिन तिनीहरुकहाँ जाने गर्दछन्। भेटका बेला उनीहरुले एक-अर्कालाई"नयाँ वर्षको शुभकामना"र"वसन्त चाडको शुभकामना"आदि मंगलमय शब्दका माध्यमबाट एक-अर्काको सुख, शान्ति र सुस्वास्थ्यको मंगलमय कामना गर्ने गर्छन्। अनि त्यसपछि पाहुनाहरुलाई आफ्नो घरमा बोलाएर मिठाइ,फल-फूल र चिया खुवाउँदै गफ गर्ने गर्दछन्। विगत वर्षमा नाता-कुटुम्ब वा इष्ट-मित्रहरु बीच कुनै झै-झगडा भएको भए वसन्त चाडको सुअवसरमा शुभकामना पुर्‍याउन गएपछि त्यसलाई आपसमा समझदारी भइसकेको अभिव्यक्तिका रुपमा लिइन्छ।

पहिले नयाँ वर्ष आउँदा मानिसहरु पटका पड्काएर त्यसको स्वागत गर्दथे। तर आज आएर सुरक्षाकाल कारण वा प्रदूषण बढ्ने डरले यी र यस्ता अन्य केही कुराहरु तथा राक्षसलाई भगाउने अर्थयुक्त पहिलेको चलनलाई हाल आएर राजधानी पैचिङ्ग लगायतका केही ठूला शहरहरुमा निषेध गरिएको छ।

चाड वसन्त चाडको दोस्रो दिनलाई ज्वाइँ दिवस पनि मानिन्छ। यस दिनमा ज्वाइँहरूले ससुरा-सासू अर्थात श्रीमतीका बुवा-आमालाई शुभकामना दिनुपर्छ।

वसन्त चाड मनाउने तरिका विविध छन्। केही ठाउँहरुमा ओपेरा तथा चलचित्र देखाउने गरिन्छ भने केही ठाउँहरुमा सिंह नाचको आयोजना गर्ने,लौरी-खुट्टा नाचको आयोजना गर्ने, लोक नाचको आयोजना गर्ने र मेलाको आयोजना गर्ने गरिन्छ। त्यति बेला जताततै हर्ष-बढाइँको वातावरण देख्नपाइन्छ। यद्यपि धेरैजसो मानिसहरु आ-आफ्नै घरमा बसेर आफूलाई मन परेका टेले-कार्यक्रमहरु हेर्ने गर्दछन। किनकि विभिन्न टेलिभिजनहरुले वसन्त चाडको अवधिमा विभिन्न उमेरका मानिसहरुले हेर्नलायक थुप्रै विविध किसिमका राम्रा कार्यक्रमहरु तयार पारेका हुनछन्।

मानिसहरुको जीवन-स्तरमा सुधार हुँदैआएको परिप्रेक्षमा चिनियाँहरुको वसन्त चाड मनाउने तरिकामा पनि परिवर्तन भएको देखिन्छ। त्यस्ता तरिकाहरुमध्ये अरु ठाउँ वा अरु मुलुकको भ्रमणमा जानु आदिलाई उल्लेख गर्नसकिन्छ।

जस्तै,साँस्कृतिक विभाग र कलाकार मण्डलीहरुले प्रशस्त साँस्कृतिक कार्यक्रमहरु तयार गर्नेगर्छन। टेलिभिजन स्टेशनहरुले विविध किसिमका रमाइला साँस्कृतिक कार्यक्रमहरुको तयारी गर्नेगर्छन्, ठूला-ठूला पार्कहरुले नियमित मेलाको व्यवस्था गरेर पर्यटक तथा यात्रुहरुका लागि साधारण दिनभन्दा झन बढी रमाइला कार्यक्रमहरु प्रस्तुत गर्ने गर्छन। शहरिया वासिन्दाहरुको आवश्यकता पूरा गर्ने हेतुले ठूला डिपार्मेन्टल स्टोरहरुले चीनका अरु ठाउँहरु र अरु मुलुकहरुबाट समेत नयाँ-नयाँ माल-सामानहरु किनेर ल्याउने गर्दछन्। एउटा तथ्यांकका अनुसार, वसन्त चाडको अवधिमा चिनियाँहरुले गर्ने खर्च-रकम वर्षभरिको खर्चको एक तिहाइभन्दा बढी हुने गरेको छ।

जानकारी तथा लेखहरु