फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा विश्वव्यापी उच्चस्तरीय प्रदर्शनी व्यवसायको स्थापना

(GMT+08:00) 2019-02-07 13:40:52

चीनको राज्य परिषदको राष्ट्रिय पूँजी अनुगमन र व्यवस्थापन समितिले हाल पैचिङ्गमा पहिलो दश केन्द्रिय व्यवसायलाई विश्वव्यापी उच्चस्तरीय प्रदर्शनी व्यवसायको रुपमा बनाउने सार्वजनिक गरेको छ। जसबाट सुधार अनुभव र विकास शैलीको आविष्कार गर्दै ग्लोबल प्रतिस्पर्धाशील शक्ति बोक्ने उच्चस्तरिय व्यवसायलाई तीव्र गतिमा हुर्काउने छ। यी व्यवसायले लगभग तीन वर्षमा वास्तविक प्रगति पाउने अनुमान गरिएको छ।

ग्लोबल प्रतिस्पर्धाशील शक्ति बोक्ने उच्चस्तरिय व्यवसायलाई तिब्र गतिमा हुर्काउनु नै चीनले सरकारी स्वामित्वयुक्त व्यवसायको सुधार तथा विकासलाई गहन पार्ने माग मात्र नभई अर्थतन्त्रको उच्च गुणस्तरको विकासलाई प्रवर्द्धन गर्ने आवश्यक माग पनि हो। यसप्रति राज्य परिषदको राष्ट्रिय पूँजी अनुगमन तथा व्यवस्थापन समितिका मुख्य डिजाइनर पाइ यीङ्ग चिले जानकारी दिनुभएअनुसार राष्ट्रिय पूँजी अनुगमन तथा व्यवस्थापन समितिद्वारा छानिएका यी दश व्यवसायमा खगोल वैज्ञानिक प्रविधि,चीनको तेल,राष्ट्रिय ग्रिड आदि केन्द्रीय व्यवसाय रहेका छन्। यी व्यवसायलाई विश्वव्यापी उच्चस्तरीय प्रदर्शनी व्यवसायको निर्माण गर्नका लागि चीनले सम्बन्धित मापदण्डलाई स्पष्ट रुपमा प्रस्तुत गरेको छ। यसप्रति श्रीमती पाइले भन्नुभयो:एकातिर अन्तर्राष्ट्रिय स्रोतको बन्दोबस्तमा निर्देशक स्थान लिनुपर्छ। ग्लोबल उद्योग प्रविधिको विकासलाई नेतृत्व गर्दै सारा विश्वको व्यवसायको विकासमा मुख्य प्रभाव शक्ति बोक्ने व्यवसाय बन्नुपर्छ। अर्कातिर यी दश व्यवसाय र स्वामित्वयुक्त पूँजी लगानीद्वारा सञ्चालित व्यवसायबीच आ-आफ्ना श्रेष्ठताको निरन्तर विकास गर्नुपर्छ। यसका अतिरिक्त कम्पनीको व्यवस्थापन,अन्तर्राष्ट्रिय स्रोतको बन्दोबस्त क्षेत्रमा निर्देशक भूमिका निर्वाह गर्नुपर्छ। योग्य व्यक्ति समूहको विकास क्षेत्रसँग स्पष्ट प्रतिस्पर्धा श्रेष्ठता हुनुपर्छ।

ग्लोबल स्रोतको बन्दोबस्त क्षमताबाट एक देशको खुल्ला अर्थतन्त्रको विकास स्तर अभिव्यक्त भएको छ। यसप्रति राष्ट्रिय पूँजी अनुगमन तथा व्यवस्थापन समितिका उपप्रमुख वङ्ग चे मिङ्गका अनुसार चिनियाँ प्रदर्शनी व्यवसायले विश्वव्यापी उच्च स्तरीय स्तर कायम राख्नका लागि खुलापन स्तरलाई चौतर्फी रुपमा विकास गर्नुपर्छ। ग्लोबल स्रोतको बन्दोबस्त क्षमतालाई उकास्दै लगातार रुपमा अन्तर्राष्ट्रियकरण र सञ्चालन स्तरलाई बढाउनुपर्छ। जसबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सहयोगमा भाग लिने नयाँ श्रेष्ठता जन्माइने छ। यसप्रति उहाँले अगाडि भन्नुभयो: "एक पेटी एक मार्ग"भन्ने अवसर पाउँदै सक्रिय रुपमा व्यवसायको रणनीति र सहयोग मुलुकको विकास योजनालाई जोड्नसक्ने छ। अन्तर्राष्ट्रिय उत्पादन क्षमता र उपकरणको नयाँ सहयोग सिर्जना गर्दै सारा विश्व उन्मुख स्रोतको बन्दोबस्त र उत्पादन सेवाको द्रूत निर्माण गर्नुपर्छ।

उपप्रमुख वङ्गले जोड दिनुभएअनुसार अभिनव नै विकासको प्रथम प्रवर्द्धक शक्ति हो। स्वतन्त्र अभिनव नै व्यवसायको दिगो विकासको आवश्यक बाटो हो। यी प्रदर्शनी व्यवसायले आफ्नो स्वतन्त्र अभिनव क्षमतालाई उकास्ने क्षेत्रमा द्दढ प्रयास गर्नुपर्छ।

भविष्यमा राष्ट्रिय पूँजी अनुगम तथा व्यवस्थापन समितिले यी प्रदर्शनी व्यवसायका लागि गर्दै व्यवसायको दीर्घकालीन रणनीतिक योजना र लक्ष्य बनाउन निर्देशन गर्ने छ। तीन वर्षको समयमै स्पष्ट प्रगति पाउनका लागि प्रयास गर्ने भएको छ।

जानकारी तथा लेखहरु