फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फु याउ समूहका अमेरिकी मजदूरहरूको चिनियाँ बसन्त चाडको यात्रा

(GMT+08:00) 2019-02-08 16:36:00

चीनको परम्परागत पर्व बसन्त चाडअघि चीनको फुचियान प्रान्तीय फु छिङ शहरले पहिलो चरणका विशेष अतिथिहरूको स्वागत गरेको छ। उनीहरू फु याउ समूहअन्तर्गत अमेरिकी कम्पनी लिमिटेडका बीस जना अमेरिकी मजदूरहरू हुन्। यो कम्पनीले अमेरिकी मजदूरहरूका लागि चीनको यात्रा उपलब्ध गराएको यो तेस्रो पटक हो। यो कम्पनीका चिनियाँ र अमेरिकी मजदूरहरूको फरक संस्कृति भएता पनि विस्तारै विस्तारै विश्वासको सम्बन्धको स्थापना गरेका छन्।

गत जनवरीको मध्य कालमा ओहियो राज्यको क्यारिन शहरमा ठूलो हिमपात भयो। तर चीनको फु याउ समूहअन्तर्गत अमेरिकी कारखानाको बैठक कोठामा न्यानो दृश्य देखिएको छ। चीनको यात्रा गर्ने बीस जना अमेरिकी मजदूरले तयारी बैठकको आयोजना गर्दैछन्। उनीहरूले चीनबाट परिवारका सदस्य र साथीलाई के के उपहार ल्याउने, आफूले के के मिठो खाना खाने आदि कुराबारे छलफल गर्दैछन्।

चालु वर्ष 37 वर्षकी लासना क्राउफोर्डले त्यहाँ काम गरेको दुई वर्ष भइसक्यो। उत्कृष्ट काम गरेका कारण उनी चालु वर्षको चीनको यात्रा छनौटमा परेकी हुन्। उनले भनिन् "चीनको भ्रमण गर्न पाउँदा मलाई खुशी लाग्यो। म कहिल्य पनि चीन गएको थिइँन। मैले विदेश यात्रा गरेको यो पहिलो पटक हो। फु याउमा मैले प्रतिदिन प्रगति हासिल गरेको, नयाँ ज्ञान सिकेको, काम गर्ने नयाँ उपाय सिकेको महसुस भएको छ। चीनको संस्कृति हेर्ने, चिनियाँहरूले काम गर्ने तरिका हेर्ने र त्यसपछि मेरो टोलीका सदस्यसँग आदानप्रदान गर्ने अपेक्षा लिएको छु।"

फु याउ समूहले चालु वर्ष अमेरिकी मजदूरहरूको चीनको यात्रा उपलब्ध गराएको कार्यक्रममा पैचिङको दरबार संग्रहालय, फु चौ शहरको सान फाङ छि स्याङआदि पवित्र स्थल समावेश छन्। साथै अमेरिकी मजदूरहरूले फु याउ समूहअन्तर्गत थ्येन चिन कम्पनी, फु छिङ मुख्यालयको अवलोकन गर्नुका साथै स्थानीय कर्मचारीसँग छलफल गर्ने छन्।

चालु वर्ष 26 वर्षका रिचार्ड मेल्सनले दरबार संग्रहालयको अवलोकन गर्ने र चीनको विशेषतायुक्त हटपट चाख्नेबाहेक, थ्येन चिन कम्पनीको भ्रमण गर्ने अपेक्षा लिएको कुरा बताएका छन्। उनले भने "हामी थ्येन चिनस्थित दिदी-बहिनी कारखना जाने छौँ। फरक संस्कृतिको पृष्ठभूमिमा कम्पनीको व्यवस्थापन कसरी गर्ने, उत्पादन प्रबन्धको कसरी व्यवस्थापन गर्ने, मानिससँग कसरी आदान-प्रदान गर्ने, उत्पादन क्रमको व्यवस्थापन गर्ने आदि प्रश्न लिएर हामी त्यहाँ जाने छौं। मैले चीनको अनुभव र मेरो अनुभव मिलाएर मेरो कार्यकुशलतालाई उकास्ने बिचार गरेको छु।"

चालु वर्ष फु याउ समूहले तेस्रो पटकमा अमेरिकी मजदूरहरूलाई चीनको बसन्त चाडाको यात्रा संयोजन गरेको हो। सन् 2017 मा चीनको यात्रामा सहभागी रोड्नीइ ब्रिकेले चीन भ्रमणको अवधिमा आफू पहिलो फटक चीन गएको, चीनको यात्राबाट धेरै उपलब्धि प्राप्त गरेको कुरा बताएका छन्। उनले भने "चिनियाँले काम गर्ने तरिकाको अवलोकन मलाई मन पर्छ। यो क्रममा मैले चीन र अमेरिकाको तुलना गरेको छु। साथै मैले मेरो पर्यवेक्षणलाई अमेरिका ल्याएको छु। मेरा मजदूरहरूले ठूलो परिमाणको उत्पादन क्रममा चिनियाँहरूले एक टोलीमा कसरी सहयोग गरेको र टोलीको सफलता कसरी प्राप्त गरेको कुराबारे जानकारी लिनसकेका छन्। अर्कातिर, चीनको संस्कृतिबारे व्यापक रुपमा जानकारी लिन उपयुक्त छ। यसले गर्दा मैले मेरा चिनियाँ सहकर्मीबारे जानकारी लिनसकेको छु, किनभने मैले चीनको संस्कृतिबारे जानकारी लिएको छु।"

फु याउ समूहले ओहियो राज्यस्थित आफ्नो कारखानामा करीब साठी करोड अमेरिकी डलर लगानी गरेको छ। फु याउको लगानी ओहियो राज्यको इतिहासमा चीनबाट आएको सबैभन्दा ठूलो लगानी हो।

त्यागिएको एक कारखाना ग्रहण गरेपछि ओहियोस्थित फु याउ कारखानाले चीन र अमेरिका यी दुबै किसिमको संस्कृतिबीचको विवाद शिथिल पारेको, हाल नाफा प्राप्त गर्न थालेको छ। ओहियो राज्यस्थित फु याउ कारखानाको चीनको फु चेन प्रान्तबाट ओहियो राज्यको मोरेने आएका चिनियाँ कर्मचारीहरू छोड्न सक्दैनन्। सन् 2015 को शुरुमा मोरेन शहर आएका र हाल इन्टर्नेट सञ्चार प्रविधि विभागका महाप्रबन्धक छन छाङ वै मोरेन शहर आएका चिनियाँ कर्मचारीमध्येको एक हुन्। उनले "चीन"को यो ठूलो ट्रेडमार्काका लागि आफ्नो योगदान दिनु उनको शक्तिमध्येको एक हो भन्ने कुरा बताएका छन्। उनले भने "मेरो विचारमा मालिकले भन्नुभएको कुराझैं तिमीले विदेश गएका र राम्रोसँग काम गर्नुपर्छ, साथै तिमीले उत्कृष्ट उपलब्धि हासिल गर्नुपर्छ। किनभने विदेश गएपछि आफूको प्रतिनिधि गरेको मात्र नभई तिमीले चिनियाँको प्रतिनिधि गर्छौ"

जानकारी तथा लेखहरु