फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अल्पसंख्यक जातिको विकासमा राष्ट्राध्यक्ष सी चिन फिङको ध्यान केन्द्रित

(GMT+08:00) 2019-02-10 15:17:00

चीनमा छपन्न वटा जाति छन् भने तीमध्ये धेरै अल्पसंख्यक जाति सुदूर क्षेत्रमा बस्छन्। बहु-जातीय परिवारमा हरेक अल्पसंख्यक जातिले कसरी शुभकामनाका साथ जीवन बिताउने भन्नेबारे चीनका शीर्ष नेता सी चिन फिङले ध्यान दिइरहनुहुन्छ। सन् 2012 मा चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनयता सी चिन फिङले चीनका धेरै अल्पसंख्यक जातीय बसोबास क्षेत्रको भ्रमण गरी स्थानीय जीवन अवस्थाबारे बुझेर राष्ट्रिय एकता र अल्पसंख्यक जातीय क्षेत्रको विकासका लागि निर्देशन दिनुभएको छ।

तुलुङच्याङ गाउँ युन नान प्रान्तमा पर्दछ भने चीनको सबैभन्दा विकट क्षेत्रमध्येको एक हो। सन् 2014को नव वर्षअघि स्थानीय कार्यकर्ताले सी चिन फिङलाई चिठी पठाएर तुलुङच्याङ राजमार्ग च्यानल संचालनमा आउन लागेको खबर दिएका थिए र सी चिन फिङको शुभकामना सन्देश पाएका थिए। एक वर्षपछि सन् 2015 मा सी चिन फिङले युन नानको निरीक्षण गर्दा विशेष गरी तुलुङ जातीय गाउँको भ्रमण गर्नुभयो। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले विभिन्न जातिको विकासमा ध्यान दिइरहेको भन्दै समस्त विभिन्न जातिका जनताले मिलेर सम्पन्न समाजको विकास गर्नुपर्ने र पार्टी तथा सरकारले सबैलाई समर्थन दिइरहने पनि व्यक्त गर्नुभयो।

सिन च्याङ युगुर स्वायत्त प्रदेश चीनको भूभाग क्षेत्रफलको ६ भागको १ भागमा पर्छ। त्यहाँ हान जाति, युगुर जाति, कजाख जातिलगायत 47 वटा जाति बस्दछन्‌। सिन च्याङको स्थिरता र विकासले सी चिन फिङको ध्यान तानिरहेको छ। सन् 2014को अप्रिलमा चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनपछिको पहिलो सिन च्याङ भ्रमणमा सी चिन फिङले दक्षिणी सिनच्याङको खा श क्षेत्रको निरीक्षण गर्नुभएको थियो। स्थानीय गाउँलेको घरमा सी चिन फिङले स्थानीय जीवन अवस्थाबारे बुझ्दा केन्द्रिय समितिको जनता उन्मुख सहुलियत नीति र जनताको इच्छासँग मिल्छ कि मिल्दैन भन्ने कुरा बुझ्नु नै यस भ्रमणको लक्ष्य रहेको र पार्टीका समस्त नीति जनमत र जनजीवन उन्मुख नीतिको आधामा तयार र पालना गरिनुपर्ने विचार व्यक्त गर्नुभयो। सिनच्याङको राष्ट्रिय एकताबारे चर्चा गर्दै सी चिन फिङले राष्ट्रिय एकता विभिन्न जातिका जनताको लाइफलाइन हो, सिन च्याङ विकासको मूल आधार हो, समस्त चिनियाँ जनताको साझा इच्छा पनि हो भन्दै आफ्ना आँखा र आफ्नो ज्यानको हेरचाह जस्तै राष्ट्रिय एकताको पनि संरक्षण गर्दै अनारको बीउ जस्तो हल्का ढंगले अँगालो हाल्नुपर्ने दोहोर्‍याउनुभयो।

निङ स्या ह्वी जातीय स्वायत्त प्रदेशको सिहाइकु क्षेत्र चीनको गरिबी केन्द्रित क्षेत्रमध्येको एक हो। सन् 1997को अप्रिल तत्काल फु च्येन प्रान्तका उपाध्यक्ष सी चिन फिङले फु च्येन-निङ स्या सहायक आधारित मिन निङ गाउँको स्थापना गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बीस वर्षपछि हाल मिन निङ गाउँको ठूलो विकास भएको छ। सन् 2016को जुलाइमा सि चिन फिङले निङ स्याको निरीक्षण गर्दा मिन निङ गाउँबाट मिन निङ बस्तिसम्म विकास भएको छ र औसत प्रतिव्यक्तिको वार्षिक आय पनि पाँच सय युआनदेखि दश हजार युआनसम्म बढेको देखेर आफूलाई खुशी लागेको बताउनुभयो।

जानकारी तथा लेखहरु