फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व हिउँ दिवस

(GMT+08:00) 2019-02-11 09:30:18

तीन वर्षअघि अर्थात् सन् 2016 मा विश्व हिउँ दिवस अर्थात् अन्तर्राष्ट्रिय बाल स्केटिङ्ग महोत्सव जनवरीको सत्र तारिखदेखि चीनका विभिन्न ठाउँका बीसवटा स्केटिङ्ग मैदानमा एउटै समयमा शुरु भएको थियो। त्यो पैचिङ्गले सन् 2022 मा हिउँदे ओलम्पिक खेलकुदको तयारी गर्ने प्रक्रियामा आयोजना गरेको नमूनात्मक गतिबिधि पनि हो।

विश्व हिउँ दिवस अन्तर्राष्ट्रिय स्केटिङ्ग संघले खडा गरेको नामी योजना हो। सारा विश्वका किशोर-किशोरीका लागि स्केटिङ्ग खेलकुदको प्रचार-प्रसार गर्ने त्यसको मुख्य उद्देश्य रहेको छ। पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदको मुख्य स्थल अर्थात् ह पै प्रान्तको छोङ लीलाई त्यस गतिबिधिको मुख्य स्थल तोकिएको छ। यसबाहेक, पैचिङ्ग, भित्री मङ्गोलिया, सिन्च्याङ, है लो च्याङ्ग, ची लिन, ल्याउ निङ, थेन चिन, स छ्वान, ह नान, छिङ हाई र च च्याङ आदि ठाउँका स्केटिङ्ग मैदान पनि समावेश छन्।

चिनियाँ स्केटिङ्ग समितिका महासचिव एवं छोटो दूरीको स्केटिङ्गका नामी खेलाडी वाङ छुन लुका अनुसार, बितेका तीन वर्षयता चिनियाँ स्केटिङ्ग समितिले देशभर विभिन्न स्केटिङ्ग मैदानसँग घनिष्ट सम्पर्क राखेर ती स्केटिङ्ग मैदानलाई पेशागत प्रबन्ध र प्राविधिक निर्देशन उपलब्ध गराएको छ। साथै प्रत्येक स्केटिङ्ग मैदानले गतिबिधिमा संलग्न किशोर-किशोरीका लागि सहुलियत शुल्क प्रदान गर्नुका साथै रङ्गीचङ्गी कार्यक्रमको पनि आयोजना गरेका छन्।

पैचिङ्गले हिउँदे ओलम्पिक खेलकुदको दर्खास्त गर्दा "तीस करोड मानिस बरफमा चढ्ने" अभिलाषा प्रस्तुत गरेको थियो। सफलताका साथ दर्खास्त भएपछि चिनियाँ राष्ट्रिय खेलकुद ब्युरोले तुरुन्तै "दशौं लाख किशोर-किशोरी बरफमा चढ्ने" शीर्षकको गतिबिधिको पनि आरम्भ गरिसकेको छ।

जानकारी तथा लेखहरु