फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथा

(GMT+08:00) 2019-02-12 09:34:26
सगरमाथाको उचाइ समुद्र सतहबाट ८८४४.४३ मिटर छ जसको उत्तरी भाग चीनको तिङरि जिल्लामा पर्छ भने दक्षिणी भाग नेपालमा पर्दछ। नेपालपट्टिको भागग निकै ठाडो छ तर चीनपट्टि भने त्यति ठाडो छैन र साथै पिरामिड आकारको देखिन्छ। तर टाढा होस् वा नजिक जहाँबाट हेर्दा पनि सगरमाथा भव्य तथा सुन्दर देखिन्छ।

सगरमाथा उभिएको क्षेत्रमा समुद्र सतहदेखि आठ हजार मिटरभन्दा अग्ला शिखर चार वटा छन् भने सात हजार मिटरभन्दा अग्ला शिखर अठतीस वटा छन्। उच्च शिखरहरूको भिड या बाक्लो उपस्थिति विश्वभरमा यहाँ मात्रै देख्नसकिन्छ। यहाँ ८४६३ मिटर अग्लो मकालु, ८५१६ मिटर अग्लो ल्होत्से, ८२०१ मिटर अग्लो चूयु र सबैभन्दा अग्लो सगरमाथा गरी यी चार वटा आठ हजार मिटरभन्दा अग्लो हिमाली शिखर मिलेर निकै भव्य तथा शानदार बनेको देखिन्छ। सगरमाथाको तल्लो भागमा धेरै ठूलो मात्रामा तथा विविध हिमनदी जन्मेका छन्। हिमनदीमा हिम मिनार समूह, हिम पुल, हिम पर्खाल आदि विभिन्न भौगोलिक परिदृश्य देखिन्छ जुन निकै शानदार छ।

उन्नाइसौँ शताब्दीको सुरुदेखि नै सगरमाथा विश्वका पर्वतारोही र वैज्ञानिकलाई मनपर्ने ठाउँ बनिसकेको थियो। तर सन् १९५३ सम्म बेलायतीले मात्रै पहिलो पटक सफलताका साथ आरोहण गरेको रिकर्ड थियो। सन् १९९८ को अन्तसम्ममा विश्वमा सगरमाथाको आरोहण गर्नेको संख्या १०५४ पुगेको थियो। उनीहरुले आफ्नो प्रयासमार्फत एघार वटा पर्वतारोहण मार्गको विकास गरेका थिए। चीन, जापान, नेपाल यी तीन मुलुकको संयुक्त पर्वतारोहण दलले बेग्ला बेग्लै गरी सगरमाथाका दुवैपट्टीबाट आरोहण गरी शिखरमा भेट्ने कार्यक्रम पनि बनाएको थियो। विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथामा पुग्ने विभिन्न मुलुकको पर्वतारोहण टोली र अन्वेषकको मुख्य लक्ष्य रहँदैआएको छ। सगरमाथाको शानदार रुप हेर्ने सबै पर्यटकको इच्छा छ।

सन् १९९४ मा सगरमाथा क्षेत्रलाई चीन सरकारबाट राष्ट्रिय स्तरीय प्राकृतिक संरक्षण क्षेत्र सूचीमा राखिएको थियो। सामान्य पर्यटकले सगरमाथाको बेस क्याम्पमा घुम्नसक्छ तर सगरमाथा आरोहण गर्ने सोच बनाउने हो भने सम्पूर्ण पर्वतारोहण उपकरण, सिपालु पर्वतारोहण प्रविधि, बलियो शरिर र दृढ इच्छाशक्ति चाहिन्छ।

शिगाचेमा सगरमाथा बेस क्याम्प जाने सटल बस पाइन्छ। हरेक दिन छुट्ने उक्त सटल बसको शुल्क २६५ चिनियाँ युआन पर्छ। यदि गाडी चढेर जाने हो भने पाङ्ग्राको संख्याको आधारमा मार्ग निर्माण शुल्क तिर्नुपर्छ भने हरेक पाङ्ग्राका लागि एक सय चिनियाँ युआन तिर्नुपर्छ। सगरमाथा जान टिकट पनि किन्नुपर्छ। प्रत्येक व्यक्ति १८० युआन लाग्छ साथै केही वातावरण संरक्षण शुल्क पनि तिर्नुपर्छ।

पर्वतारोहण चेक चौकी पार गरेपछि चालीस किलोमिटर पर टासिचुङमा खाना खाने ठाउँ छ। तर सगरमाथा बेस क्याम्पस पुगेपछि खाने ठाउँ छैन र आफूले पकाउने उपकरण ल्याउनुपर्छ। हरेक अप्रिलको सुरुदेखि जुनको अन्तसम्म र सेप्टेम्बरको सुरुदेखि अक्टोबरको अन्तसम्म त्यहाँको वातावरण राम्रो हुन्छ त्यसैले उक्त समयलाई पर्यटन र पर्वतारोहणको उचित मौसम मानिन्छ।

जानकारी तथा लेखहरु