फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ वसन्त चाडमा बलियो उपभोगका तीन प्रवर्द्धक शक्ति

(GMT+08:00) 2019-02-14 08:40:36

चिनियाँ परम्परागत पर्व वसन्त चाडको "सुनौलो हप्ता"सम्पन्न भयो। यस अवधिमा चीनको खुद्रा बिक्री र भोजन तथा पेय उद्योगको बिक्री रकम मात्रा दश खर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा 8.5प्रतशितले बढेको छ। सारा देशमा पर्यटकको संख्या 41 करोड 50 लाख पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा 7.6प्रतिशतले बढेको छ। पर्यटनको आय 5खर्ब 13 अर्ब 90 करोड चिनियाँ युआन पुगेको छ भने सोही अवधिको तुलनामा 8.2प्रतिशतले बढेको छ।

सारा विश्वका सामु व्यापार संरक्षणवाद र अस्थिर विकास देखापरेको पृष्ठभूमिमा चीनको वसन्त चाडको उपभोग बजारले आश्चर्यलाग्दो बलियो शक्ति सिर्जना गरेको छ। जसबाट चीनको विशाल संचिति बजारमूलक शक्ति‌,बलियो आर्थिक शक्ति र चिनियाँ जनताको आशा प्रतिबिम्बित भएको छ। वर्तमान चीनसँग एक अर्ब 40 करोड जनसंख्या रहेको छ। तीमध्ये मध्यम आय भन्ने तहमा रहेका जनसमूहको संख्या 40 करोडभन्दा बढी छ। यस समूहले सारा विश्वका लागि एक विशाल उपभोग बजार सिर्जना गरेको छ। सम्बन्धित तथ्याङ्क अनुसार सन्2018मा चीनको अन्तिम उपभोग व्ययले कूल राष्ट्रिय गार्हस्थ्य उत्पादन मात्राका लागि 76.2प्रतिशतको योगदान सिर्जना गरेको छ। चिनियाँ नागरिकको एन्गेल गुणांक सन्2017को तुलनामा 0.9प्रतिशतले घटेको छ। जसबाट चिनियाँहरुको उपभोगको गुणस्तर उकासिँदै गएको अभिव्यक्त भएको छ। चिनियाँहरुले उच्च गुणस्तरको उत्पादन वस्तु र सेवाबाहेक उच्च स्तरीय मानसिक माग खोज्दै गएका छन्।

वसन्त चाडको अवधिमा आयातित वस्तु र स्मार्ट उच्च प्रविधि उत्पादन झन झन बढी लोकप्रिय बन्दै गएको छ। "संग्रहालयमा नव वर्ष मनाउनु","पर्यटनले नव वर्षको स्वागत"वसन्त चाडको नयाँ उज्यालो बिन्दू बनेको छ। विशेष गरी चीनको गाउँबस्ती क्षेत्रमा स्थानीय बासिन्दाहरुले उच्च स्तरीय उत्पादन बस्तु र साँस्कृतिक जीवनप्रतिको गरेको माग तिब्र गतिमा विकसित भैरहेको छ। चीनको उपभोग बजारलाई निरन्तर विस्तार गर्दै गएको यस प्रवृत्तिले सारा विश्वको व्यवसायका लागि अझ बढी अवसर सिर्जना गरेको छ। अमेरिकाको स्टारबक्स कम्पनीको सन्2019को पहिलो त्रैमासिक अवधिको वित्तीय अखवारका अनुसार चीनमा रहेको स्टारबक्स पसलको संख्या गत वर्षको सोही अवधिको तुलनामा 18प्रतिशतले बढेको छ। फ्रान्सको ल औरेल कम्पनीका प्रथम कार्यकारी अधिकारी जेन पाउल अगोनले हाल सञ्चार माध्यमलाई जानकारी दिनुभएअनुसार चिनियाँ बजारको शक्तिशाली बलियो मागबाट लाभान्वित भएर यस कम्पनीले सन्2018मा एशिया प्रशान्त बजारमा पूरा गरेको खुद्रा बिक्री मात्रा वितेका दश वर्षको सबैभन्दा उच्च रेकर्ड सिर्जना गरेको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले यसरी भन्नुभयो: पुस्तौं पुस्ता इतिहास पार गरेर चिनियाँहरुले धेरैजसो कठिनाइ पार गरेका छन्। वर्तमान चिनियाँहरुले विशाल विकास शक्ति देखाउँदै छन्। वसन्त चाडपछि शुभकामना बोकेका चिनियाँहरुले निरन्तर रुपमा आ-आफ्ना सपनाका लागि प्रयास गर्दै विश्वका लागि अझ बढी अवसर सिर्जना गर्दै जाने छन्।

जानकारी तथा लेखहरु