फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऊ चनद्वारा सुधार तथा खुलापनको नयाँ नमूना

(GMT+08:00) 2019-02-15 10:06:59

ऊ चन चीनको च च्याङ प्रान्तीय थुङ स्याङ शहरमा पर्दछ। ऊ चन चीनको प्रसिद्ध पर्यटकीय बस्ती हुनुका साथै विश्व इन्टर्नेटको विकासको निर्देशन गर्ने उच्च विज्ञान तथा प्रविधि स्थल पनि हो। सुधार तथा खुलापनको नीति लागू भएको चालीसौं वार्षिकोत्सव यता पहिला थोत्रो ऊ चन च्याङ नानको पानी गाउँको विशेष आकर्षण फर्काउनुका साथै पर्यटकीय अर्थतन्त्र र इन्टर्नेटको विकासको सदुपयोग गरी सुधार तथा खुलापनको "ऊ चन नमूना"को खडा गरेको छ।

ऊ चनको भौगोलिक स्थान राम्रो छ। त्यहाँ हाङ चौ र सु चौबाट साठी किलोमिटर र शांगहाईबाट एक सय किलोमिटर टाढा छ। सन् 2017मा सानो क्षेत्रफल र सानो जनसंख्याको ऊ चन बस्तीको कुल गार्हस्थ उत्पादन छ अर्ब चिनियाँ युआनभन्दा बढी पुगेको थियो भने वैदेशिक व्यापारको आयात-निर्यात रकम तीन अर्ब चिनियाँ युआनभन्दा बढी पुगेको थियो। सन् 2017मा ऊ चनले स्वागत गरेको पर्यटकको संख्या एक करोड पुगेको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको ऊ चन समितिका सचिव च्याङ वैको विचारमा सुधार तथा खुलापन ऊ चनको सफल विकासको प्राथमिक शर्त हो। उहाँले भन्नुभयो "सन् 1999देखि तत्कालीन थुङ स्याङ शहरको सरकारले एक ठूलो निर्णय गरेको थियो। ऊ चन बस्तीको इतिहास र सँस्कृतिको संरक्षण, विकास र प्रयोग गर्न थुङ स्याङ शहरको सरकारले ऊ चनको संरक्षण तथा पर्यटकीय विकास व्यवस्थापन समितिको स्थापना गरेको थियो।"

ऊ चन बस्तीको दृश्य क्षेत्र हिँडेर समय विस्तारै विस्तारै बन्छ। तर केही वर्षअघि ऊ चनको मुहार यस्तो थिएन। ऊ चनको संरक्षण तथा विकास कार्यमा सहभागी चिनियाँ राष्ट्रिय जन काँग्रेसको थुङ स्याङ शहर समितिका उपाध्यक्ष चाङ चेन लिनले सिँहावलोकन गर्दै ऊ चनको संरक्षण गर्नुअघि ऊ चनको सामु आर्थिक विकास पिछडिएको, पुराना भवन जीर्ण भएका, यातायात असुविधाको कठिनाइ देखापरेको कुरा बताउनुभयो। उहाँले भन्नुभयो "त्यस अवधिमा ऊ चनमा थोत्रा आबासहरू थिए। राति सडक बत्ति थिएन। अरू बस्तीमा निकै रमाइलो थियो तर ऊ चन बस्तीमा बृद्धबृद्धा र बच्चा मात्रै भए। ऊ चनतर्फ बालुवाको सडक थियो। हाल ऊ चन बस्तीको यातायात राम्रोसँग विकास भएको छ।"

सुधार तथा खुलापन नीति निरन्तर रुपमा गहन भएको साथै ऊ चनको विकास पर्यटनबाट परिवर्तन भएर पर्यटन व्यवसाय र इन्टर्नेट व्यवसाय सँगसँगै विकास गरिरहेको छ। सन् 2014 ऊ चन विश्व इन्टर्नेट सम्मेलनको आयोजना ठाउँ बनेदेखि ऊ चनले नयाँ शुरुवातमा उभिएको छ।

सन् 2014 पहिलो विश्व इन्टर्नेट सम्मेलनको आयोजना हुँदा ऊ चनमा इन्टर्नेट र डिजिटल अर्थतन्त्रसित सम्बन्धित रहेको उद्योग-व्यवसायको संख्या बाह्र मात्रै थियो तर गत वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ऊ चनमा इन्टर्नेट र डिजिटल अर्थतन्त्रसित सम्बन्धित पाँच सय वटा उद्योग-व्यवसाय भए। फ्रान्सेली कलाकार लिओ काइलार्डले पाँचौं विश्व इन्टर्नेट सम्मेलनमा भाग लिनुभएको थियो। उहाँका आँखामा ऊ चन विश्वले चीनको इन्टर्नेट विकासबारे जानकारी लिएको महत्वपूर्ण झ्याल हो र सहयोगको महत्वपूर्ण चौतारो पनि हो।

पर्यटनको प्रधानतामा रहेको विशेष बस्तीबाट विकास भएर ऊ चन अहिले इन्टर्नेट विकासको महत्वपूर्ण क्षेत्र बनेको छ। ऊ चनले सिर्जनशील विकासबाट सफलता प्राप्त गरेको छ। भविश्यको विकासबारे चर्चा गर्दा चिनियाँ कम्युनिष्ट पार्टीको ऊ चन समितिका सचिव च्याङ वैले ऊ चनले उच्च गुणस्तरको विकास बाटोमा निरन्तर रुपमा हिँड्ने, व्यवसायको विकासको विशेष बस्तीको निर्माण गर्नुका साथै पानी गाउँको सँस्कृतिलाई कायम राख्ने कुरा बताउनुभयो। उहाँले भन्नुभयो "ऊ चनको विकास उच्च गुणस्तरको विकासको नमूना हो। पहिलो, ऊ चनले आफ्नो विकास बाटोलाई कायम राख्नुपर्ने छ। दोस्रो, ऊ चनले वासिन्दाका लागि उच्च गुणस्तरको विकास गर्नुपर्ने छ। तेस्रो, ऊ चनले देशको दायित्व वहन गर्नुपर्ने छ। ऊ चन इन्टर्नेट सम्मेलन देशले ऊ चनलाई दिएको श्रोत साधन हो, र जिम्मेवार पनि हो। ऊ चनले यो सम्मेलन राम्रोसँग आयोजना गर्नुपर्ने चुनौती छ।"

जानकारी तथा लेखहरु