फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुङबो गुम्बा र सगरमाथाको बेस क्याम्प

(GMT+08:00) 2019-02-19 14:44:38

रुङबो गुम्बा सगरमाथाको तल्लो भागको रुङबो खाडलको पश्चिमतिरको चोमा शिखरमा पर्दछ। समुद्र सतहदेखि ५१०० मिटरमा अवस्थित रुङबो गुम्बा विश्वमा सबैभन्दा अग्लो ठाउँमा रहेको गुम्बा हो। चिसो र धेरै अग्लो ठाउँमा भएकोले रुङबो गुम्बामा रहस्यमय थपिएको छ।

सन् १८९९ मा रुङबो गुम्बा तिब्बती बौद्ध धर्मका चार प्रमुख सम्प्रदायमध्येको निङ्गमा सम्प्रदायका लामा आवानतानचनलोपुले निर्माण गरेको थियो। गुम्बालाई त्यति पुरानो भन्न मिल्दैन तर पाँच हजार मिटर अग्लो ठाउँमा रहेकोले पर्वतारोहीको मनमा भने यो गुम्बा जानुपर्ने सूचीमा छ। रुङबो गुम्बाको एउटा ठूलो विशेषता छ अर्थात् यहाँ भिक्षु र भिक्षुनी सँगसँगै मिलेर बस्छन्। गुम्बाको प्रमुख दरबारमा शाक्यामुनी बुद्ध र पद्मसंभवको मूर्ति राखिएको छ। यस गुम्बामा कुनै समय पाँच सयभन्दा बढी भिक्षु-भिक्षुनी थिए। हाल पचासभन्दा केही बढी छन्। सन् १९८३ मा पुनःनिर्माण भएपछि गुम्बाका भित्ते चित्र पनि पुनःकुँदिएका छन्। गुम्बाबाट सगरमाथाको रुङबो हिमनदी देख्नसकिन्छ। पहाडको तल बग्ने रुङबो नदीको स्रोत सगरमाथाको उत्तरी भागमा पर्ने पूर्वी रुङबो हिमनदी, पश्चिमी रुङबो हिमनदी, र मध्ये रुङबो हिमनदी हो।

1  2  3  
जानकारी तथा लेखहरु