फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबीबाट मुक्त भएका छी फिङ ह परिवारको कथा

(GMT+08:00) 2019-02-22 09:24:04

हालैका वर्षहरूयता चीनको गरिबी निवारण कार्यले सकारात्मक प्रगति हासिल गर्दै आएको छ। गत वर्ष मात्रै चीनले ग्रामीण क्षेत्रको एक करोड गरिब जनसंख्या घटाएको थियो। ह पै प्रान्तीय हान तान शहर छी जिल्लाको तुङ छन गाउँका वासिन्दा छी फिङ ह एक करोड जनामध्येका एक हुन्। आजको कार्यक्रमा मैले तपाईंलाई छी फिङ ह परिवारको कथाबारे जानकारी दिन्छु।

पत्रकार ह पै प्रान्तीय हान तान शहर छी जिल्लाको तुङ छन गाउँको एक घर पुग्दा स्वच्छ महसूस गरेको छ। एकजना महिनाले पत्रकारको स्वागत गर्न आइन्। उनी छी फिङ हकी श्रीमती वाङ क्वै छिन हुन्। 49 वर्षकी वाङ क्वै छिनले उनको परिवारको अवस्थाबारे जानकारी दिइन्। उनले भनिन् "केही वर्षअघि मेरा श्रीमान काम गर्दा दुर्घटनामा परे। उनको तल्लो अंग पक्षाघात भयो। यो घटना भएपछि मेरो परिवारसँग बोझ भयो। उनले निरन्तर रुपमा काम गर्न नसक्ने भए। परिवारको सबै बोझ ममाथि आइपर्‍यो। लामो समयमा खेतीपातीमा काम गर्दा मलाई धेरै थकाइ लाग्थ्यो। म पनि लुम्बर डिस्क हर्निकरण समस्याबाट ग्रसित भएँ। मेरो छोरा र छोरी पढ्न चाहन्थे। त्यसैले परिवारको ठूलो बोझ छ। यस कारण मेरो परिवार अत्यन्त गरिब बन्यो।"

1  2  3  
जानकारी तथा लेखहरु