फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रभावकारी संरक्षणमा चीनको वित्त

(GMT+08:00) 2019-02-28 09:13:48

चीनको बैंक बीमा व्यवस्थापन तथा निगरानी परिषदका उपाध्यक्ष वाङ्ग चाउ सिङ्गले हाल पैचिङ्गमा जानकारी दिनुभएअनुसार दुई वर्षको प्रयासबाट चीनको वित्त सुरक्षा र स्थिरता प्रभावकारी रूपमा संरक्षण गरेको छ। वित्तीय जोखिम आधारभूत रुपमा नियन्त्रणमा राखेको छ भने जसबाट वित्तीय पूँजी वास्तविक अर्थव्यवस्थाबाट भर्चुअल अर्थव्यवस्थातर्फ परिवर्तन भएको अवस्थालाई परिवर्तन गरिएको देखिन्छ। सम्बन्धित विभागले वित्तीय क्षेत्रमा विदेशका लागि खुलापन सम्बन्धी नयाँ कदमको अनुसन्धान गरिरहेका छन्।

वित्तिय जोखिमको प्रतिरोध नै हाल केही वर्षयता चीनको वित्तिय नीति क्षेत्रमा तातो शब्द बनेको छ। यसै फेब्रुअरी 25 तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष वाङ्गले जानकारी दिनुभएअनुसार हाल दुई वर्षयता चीनले लगातार रुपमा व्यवस्थापन तथा निगरानी सम्बन्धी लगभग एक सय नियमको संशोधन र निर्धारित गरेको छ। साथै एक लाखभन्दा बढी बैंक बीमा संस्थालाई जाँचबुझ गर्दै नियम उल्लङ्घन गरेका छ हजार बैंक बीमा संस्थाहरुलाई दण्ड सजाय दिएको छ। उहाँले भन्नुभयो:दुई वर्षको प्रयासबाट वित्तिय क्षेत्रमा देखापरेका विविध अराजक अवस्थालाई प्रभावकारी नियन्त्रणामा राखिएको छ। विभिन्न नियम उल्लङ्घन गर्ने गतिविधिलाई प्रभावकारी व्यवस्थापन गरेको छ। वित्तीय जोखिम समष्टिगत रुपमा प्रभावकारी नियन्त्रणामा राखिएको छ। जसबाट अझ बढी वित्तीय पूँजीलाई भर्चुअल अर्थव्यवस्थाबाट मुक्त भएर वास्तविक अर्थव्यवस्थातर्फ प्रयोग गरिएको देखिन्छ।

आउने चरणमा अराजकता वित्तीय अवस्थाको समाधान गर्नेमा उपाध्यक्ष वाङ्गले जोड दिनुभएअनुसार बैंक संस्थामा रहेको नकारात्मक पूँजीका लागि शक्तिशाली रुपमा दण्ड सजाय दिँदै स्थानीय सरकारको ऋणको बन्दोबस्तको काम राम्ररी गर्नुका साथै वैदेशिक जोखिमको प्रतिरोध गर्ने क्षमतालाई मजबुत बनाउनुपर्छ। उहाँले भन्नुभयो:अन्तर्राष्ट्रिय वित्तीय बजारमा केही मुख्य राष्ट्रको मौद्रिक नीतिको समायोजन,विनिमय दरको परिवर्तन आदि कारकतत्वले वित्तिय पूँजीको प्रवाह,विनिमय दरको उत्तारचढावमा प्रभाव पार्ने छ। जसबाट वित्तिय बजारको स्थिरताका लागि प्रभाव पार्ने भएको छ। त्यसैले हामीले जुनसुकै बेलामा बैदेशिक जोखिमको सामना गर्नुपर्ने हुन्छ।

वित्तिय जोखिमको प्रतिरोध गर्दै चीनले निरन्तर रुपमा खुलापनमार्फत वित्तिय बजारको सक्रिय शक्ति र वित्तिय प्रणालीको प्रतिस्पर्धा शक्तिलाई बढाउँदै आएको छ। चीनले लगातार रुपमा विदेशका लागि पन्ध्र वटा खुलापन कदम सार्वजनिक गरेको छ भने यी कदम हाल व्यवहारमा उतारिरहेका छन्।

जानकारी तथा लेखहरु