फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटन मन्त्री रविन्द्र अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली

(GMT+08:00) 2019-02-28 13:34:06

ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ।

फागुन १५ गते बिहिबार भएको हेलिकोप्टर दुर्घटनामा मन्त्रीसहित सवार सबै ७ जनाको निधन भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

पर्यटन मन्त्री रविन्द्र अधिकारी चीनका एक सच्चा मित्र थिए। उनले चीनबीचको मित्रवत् सम्बन्धलाई बढाउन धेरै सहयोग गरेका थिए साथै चाईना रेडियो ईन्टरनेशनल सीआरआईका पनि हितैषी थिए। गत वर्षको अप्रिलमा काठमाण्डुमा सीआरआईको भ्रमण टोलीसँग भेट गर्दै दुई देशबीचको सम्बन्धलाई चौतर्फि रूपमा बढाउन चाहेको बताएका थिए।

उनका एक श्रीमती र दुई सन्तान छन्। सीआरआई शोक सन्तप्त अधिकारीका परिवारजन्सहित अन्य मृतकका परिवारप्रति पनि यस विषम परिस्थितिमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछ।

साथै हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको चीर शान्तिको कामना गर्दछ।

जानकारी तथा लेखहरु