|
|
|
|||||||||
|
||


5 तारिख दिउँसो तेह्रौं राष्ट्रिय जन कांग्रेस अधिवेशनको दोस्रो अधिवेशन अन्तर्गत भित्री मंगोलियाली प्रतिनिधि मण्डलको सरकारी कार्य प्रतिवेदन सम्बन्धि समीक्षा बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सहभागिता जनाउनुभएको छ।

समीक्षा बैठकमा चाङ ची सी लगायत ८ जना प्रतिनिधिहरूले पर्यावरणीय संरक्षणको प्रवर्द्धन, सहकार्यमूलक अर्थतन्त्रको विकास, श्रोत प्रयोगको कार्यकुशलताको वृद्धि लगायत विविध विषयबारे सम्बोधन गर्नुभएको छ।

बैठकमा राष्ट्राध्यक्ष सीले पर्यावरणीय रणनैतिक स्थिरता तथा पर्यावरणलाई प्राथमिकता दिने हरित उच्च गुणस्तरिय विकास भन्ने नयाँ तरिकाको अध्ययनमा जोड दिनुभएको छ। पर्यावरणलाई प्राथमकिता दिने बाटोमा प्रदूषण नियन्त्रण तथा निवारण युद्धलाई जितेर मात्रृभूमिको पश्चिमी सिमाको सुन्दर दृश्यको रक्षा गर्ने आग्रह पनि सीले गर्नुभएको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||