फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबी निवारण सम्बन्धि राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन

(GMT+08:00) 2019-03-08 09:29:18

कानसु प्रान्तको गरिब जनसँख्या धेरै र प्राकृतिक अवस्था कडा भएकोले गरिबी निवारण कार्य कठिन अवस्थामा छ।आज 7 तारिख दिउँसो तेह्रौं राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनअन्तर्गत कानसु प्रतिनिधि मण्डलको लेखाजोखा बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सहभागिता जनाउनुभएको छ।

सम्मेलनमा थाङ स्याउमिङ लगायत ८ जना प्रतिनिधिहरूले मुख्य उद्योग, पर्यावरणीय वातावरणको संरक्षण, उर्जाश्रोतको प्रभावकारी प्रयोग, विज्ञान प्रविधि सम्बन्धी निजी उद्ममको विकास, ई-कर्मसमार्फत गरिबी निवारण, गरिब क्षेत्रका जनताको गुणस्तरमा वृद्धि, खुलापनलाई उच्चस्तरमा लैजाने लगायतका विषयबारे राय-सुझाव दिएका छन्।

बितेका केही बर्षयता, कानसु प्रान्तमा गरिब जनसँख्या सन् २०१६को २५ लाख ६० हजारबाट हालको १० लाख जतिसम्म घटाईएको छ। कानसु प्रान्तीय प्रतिनिधिसँगको छलफलमा राष्ट्राध्यक्ष सीले महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। उहाँले औंल्याउनुभएको छः 'लामो यात्रा गर्दा अन्तिम बिन्दुतिर नजिकिँदै गर्दा बढीभन्दा बढी ध्यान दिएर हिँड्नुपर्छ। चाँडै पूरा गर्न चाहनामा नक्कली उपलब्धि देखाउनु हुँदैन र यस्तो कुरा अहिले पनि राम्रोसँग सम्झिनुपर्छ। स-साना कामबाटै यस्तो नराम्रो अवस्था देखापर्नबाट जोगिनुपर्छ।

गरिबी निवारणबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले भन्नुभएको छः 'गरिब जिल्ला' भन्ने नाम हटेपछि पनि सम्बद्ध कामलाई तुरून्तै छोड्नु वा स्थगित गर्नुहुँदैन। बरू बाँकी गरीब जनसंख्यालाई गरिबी अवस्थाबाट मुक्त पार्ने कामलाई पूरा सिध्याउनुपर्छ। गरिबी भन्ने नाम हटेपछि सम्बद्ध जिम्मा र नीति एवम् सहयोगलाई छोड्नुहुँदैन।

जानकारी तथा लेखहरु