फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मौन रेस्टुराँमा हार्दिक स्वागत

(GMT+08:00) 2019-03-20 08:55:10

चीनको दक्षिण पूर्वी भागमा अवस्थित च्याङसी प्रान्तीय सदरमुकाम नानछाङ शहरमा एउटा असामान्य रेस्टुराँ छ जहाँ प्रवेश गर्ने बित्तिकै हार्दिक स्वागत भन्ने आवाजको सट्टामा मुस्कान र हातद्वारा गरिने साङ्केतिक भाषा देख्नपाइन्छ। यस रेस्टुराँमा शेफ, कैशियर र मालिकबाहेक, सबै कर्मचारी बहिरा हुन्। यसै कारणले ग्राहकहरूले यस रेस्टुराँलाई मौन रेस्टुराँ भनेका छन्।

'काम शुरू गरेको पहिलो दिनमा एक जना ग्राहक हाम्रो रेस्टुराँमा प्रवेश गर्न लागेको देखेर मैले तुरून्तै नजिक गएर स्वागत गरें, मेरो आफ्नो शैलीमा। मैले हात यताउती हल्लाएको देखेर त्यो ग्राहकलाई अचम्म र डर लाग्यो।' २८ वर्षिय वेट्रेस चौ थीङले आफ्नो पहिलो दिनको अनुभव लेख्दै हाँस्न थालिन्। यस रेस्टुराँका मालिका वान स्वेह्वाले आफ्ना कर्मचारीबारे चर्चा गर्दै भनिन् - 'उनीहरूको मन निकै बलियो छ। कहिलेकाहीं केही ग्राहकले अप्ठेरो पारे तापनि उनीहरू मुसुक्क हाँसिदिन्छन् र साथै कुनै ग्राहकले उनीहरूलाई स्याबासी दिँदाखेरी उनीहरू सँधै नै साङ्केतिक भाषाबाट खुशी व्यक्त गर्छन्। केही आमाबुवाहरू आफ्ना बच्चाहरूलाई लिएर यहाँ खान आउँछन् र साङ्केतिक भाषा सिकेर हाम्रा कर्मचारीहरूसँग कुराकानी गर्छन्।'

यस मौन रेस्टुराँमा चीनका विभिन्न ठाँउबाट आएका कर्मचारीहरू छन् र यिनीहरूले आफ्नो सबैभन्दा सुन्दर मुस्कानले हरेक ग्राहकलाई हार्दिक स्वागत गर्ने गर्छन्।

1  2  3  4  5  6  7  8  9  10  
जानकारी तथा लेखहरु