
तिब्बत स्वायत्त प्रदेशको पूर्वी भागमा पर्ने छाङ तु शहरले हालैका वर्षहरूयता शहरीकरणको विकास पाइलालाई निरन्तर रुपमा गति प्रदान गरेको छ। पुरानो शहरको नवीकरण गरी शहर र गाउँको वातावरणमा सुधार गरेको छ।
छाङ तुको पुरानो शहरको नवीकरण कार्य सन् २०१२ अप्रिल महिनामा शुरु भएको थियो भने सन् २०१५ अक्टोबर महिनामा सम्पन्न भएको थियो। छाङ तुले सडक, पुल, पार्क, चोक, पानीको आपूर्तिआदि आधारभूत प्रबन्धको निर्माण कार्य गरेको छ। छाङ तुको पुरानो शहरको नवीकरण कार्यमा कुल रकम ६ अर्ब ८७ करोड चिनियाँ युआन लगाइएको छ। हालको छाङ तु शहरको सडक स्वच्छ छ र स्थानीय जनताको जीवन सुखमय बनेको छ।
छाङ तु शहरले खम्पा वस्तुकला संस्कृतिको संरक्षण र निरन्तरतामा महत्व दिएको छ साथै नयाँ शहरको निर्माणसँगै खम्पा रीतिरिवाज, चिया घोडा संस्कृति लगयातका परम्पराको संरक्षण पनि गरिएको छ। त्यसै गरी छाङ तुले पर्यावरणीय करिडोर योजनाको निर्माण पनि गरेको छ।
1 2 3 4 5 6 7 8