
४१५० मिटरको उचार्इमा रहेको तिब्बत स्वायत्त प्रदेशको छाङ तु शहरी लाइन २१४ राजमार्गमा २३ जना सडक मर्मत कर्मचारीहरू काममा खटिरहेका छन्।

लाइन २१४ राजमार्ग करिब ६० वर्षअघि सेना, सर्वसाधारण र प्राविधिक श्रमिकद्वारा गठित १ लाख १० हजार जनाको समूहले संसारको छतमा निर्माण गरेको राजमार्गको इतिहासमा एउटा चमत्कार हो।

पहिले पहिले उक्त राजमार्गको संरक्षण तथा मर्मत गर्न ज्यादै गाह्रो थियो। घमाइलो दिनमा मर्मत कर्मचारीहरूको शरीर पूरै धूलोले ढाक्ने र वर्षाको समयमा हिल्लामे हुने र हिउँदमा बरफ जमेको हुन्थ्यो। सन् २००४ मा सरकारले थप लगानी लगाइ राजमार्गलार्इ सुदृढ पारेर मर्मत कर्मचारीहरूको कार्य वातावरणमा राम्रो सुधार गरेको छ। त्यसका साथै व्यावसायिक यंत्र र गस्ती गाडीहरूले कार्य दक्षतालार्इ बढाएको छ।
