|
|
|
|||||||||
|
||

सछ्वान-तिब्बत रेल-मार्ग अन्तर्गत ला लिन खण्डको निर्माण सन् 2018 को अक्टोबर महिनादेखि शुरू भएको हो। सछ्वान-तिब्बत रेल-मार्ग अन्तर्गत ला लिन खण्ड तिब्बतको पहिलो विद्युतीकृत रेलमार्ग हुनेछ, कूल लम्बाइ ४३५.४८ किलोमिटर हुनेछ भने प्रति घण्टा गति १६० किलोमिटर पुग्नेछ। पूर्वानुमान अनुसार, सन् २०२१ देखि सञ्चालनमा आउनेछ।

ला लिन खण्डको रेलमार्ग तिब्बतको दक्षिण उपत्यकामा पर्दछ, यालुजाङपु च्याङ अर्थात् ब्रम्हपुत्र नदीको मध्य भागमा रहेको छ। यो क्षेत्रको औसत उचाई तीन हजार पाँच सय चौसट्ठी मिटर पुगेको छ। भौगोलिक अवस्था जटिल छ, धेरै भौगोलिक अफ्ठ्याराहरू रहेका छन्, त्यसैले मार्गको निर्माण कार्य धेरै कठिन छ।

ला लिन खण्ड रेलमार्ग निर्माण शुरु भएदेखि विभिन्न किसिमको कठिनाइहरूमाथि विजय प्राप्त गर्दै निर्माण कार्य राम्रोसँग जारी रहेको छ।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||