फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तरिक्ष यानको इञ्जिनियरिङदेखि राष्ट्रिय जन काँग्रेसको प्रतिनिधिसम्म भन्ने विषयको दोस्रो भाग

(GMT+08:00) 2019-03-25 10:16:49

जन गणतन्त्र चीन राष्ट्रिय जन काँग्रेस र विभिन्न स्थानका विविध तहका जन काँग्रेस प्रतिनिधि ऐनमा स्पष्टसँग के नियम तोकिएको छ भने प्रतिनिधिले पूर्व निर्वाचन क्षेत्रका मतदाता अथवा पूर्व निर्वाचन एकाई र सर्वसाधारणसँगको घनिष्ट सम्पर्कलाई कायम राख्नुका साथै उनीहरूको राय-सुझाव सुनेर उनीहरूको माँगलाई हस्तान्तरण गरी प्रयासमार्फत जनतालाई सेवा प्रदान गर्नुपर्छ। राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि नियुक्त भएपछि वाङ वैले आफ्नो वरिपरिका सहकर्मी र साथीहरूको राय-सुझाव मात्र नभई अरु विभिन्न पेशाका सर्वसाधारणको मत र सुझाव पनि प्राप्त गर्नुभयो। सर्वसाधारणसँगको घनिष्ट सम्पर्कलाई कायम राख्नुका साथै वाङ वैले कानून बमोजिम जन काँग्रेसका प्रतिनिधिको अधिकार कसरी चलाउनुहुन्छ त?

बितेका एक वर्षको निष्ठापूर्वक अध्ययन गरेपछि वाङ वैले राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिले आफ्नो कार्यभार कसरी बहन गर्ने भन्ने विषयमा अझ गहिरोसँग बुझ्नुभएको छ। जन काँग्रेसका प्रतिनिधिले सबै गतिबिधिमा आफ्नो अधिकार चलाउँदा स्वयम आफैंले प्रत्यक्ष रुपमा समस्याको समाधान गर्नु हुँदैन। किनभने जन काँग्रेसले सामूहिक रुपमा अधिकार चलाउँछ। व्यक्तिगत प्रतिनिधिको आफ्नो निजी अधिकार पटक्कै हुँदैन। राष्ट्रिय आधिकारिक संस्था अर्थात् राष्ट्रिय जन काँग्रेसले मात्रै देशको अधिकार चलाउनसक्छ। यस्तो पृष्ठभूमिमा सर्वसाधारणको अधिकांश माँग र सुझावको सामना गर्दा वाङ वैले सक्रियताका साथ उनीहरूका माँग र अनुरोधलाई सम्बद्ध विभागसमक्ष हस्तान्तरण गर्ने गर्नुहुन्छ।

1  2  3  4  
जानकारी तथा लेखहरु