फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नव उदीयमान आर्थिक एकाइको विकासमा जोड

(GMT+08:00) 2019-03-28 17:32:32

हिजो मार्च २७ तारिख आयोजित पोआउ एसियाली मञ्च २०१९ को 'नव उदीयमान आर्थिक एकाइः नयाँ बुद्धिले कठिन अवस्थाको डिकोडिङ' नामक शाखा मञ्चमा सहभागी पाकिस्तानी पूर्व प्रधानमन्त्री सौकत अजीज, भारतीय उद्योग वाणिज्य संघका महासचिव सन्दिप सोमानी, चिनियाँ अर्थविद लिन यिफु, नयाँ विकास बैंकका उप-गभर्नर लेस्ली मास्डोर्प लगायतका अतिथिहरूले नव उदीयमान आर्थिक एकाइले चुनौतीको सामना गरी बुद्धिमान छनौट गर्ने विषयमा सरकार, उद्यम, विद्वानका विविध दृष्टिकोणबाट छलफल गरी विभिन्न किसिमका समाधान प्रस्तुत गर्नुभएको छ।

सम्मेलनमा भारतीय उद्योग वाणिज्य संघका महासचिव सन्दिप सोमानीले नव उदीयमान अर्थको भूमिकाको सराहना गर्दै नव उदीयमान आर्थिक एकाइबाट विश्वको आर्थिक विकासको प्रवर्द्धन गरी दीर्घकालीन प्रवृत्तिको भविष्य निर्धारण गर्ने बताउनुभयो।

पाकिस्तानी पूर्व प्रधानमन्त्री सौकत अजीजले सम्बोधन गर्दै नव उदीयमान आर्थिक एकाइका उद्यमको नविन तथा सरकारी व्यवस्थापनको सुधारलाई अघि बढाउनुको समर्थन गर्नुभएको छ। उहाँले अन्तर्राष्ट्रिय संगठन वा संस्थामा नव उदीयमान आर्थिक एकाइको बढी आवाज उठाउनुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु