फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा प्रजातान्त्रिक सुधार भएको साठीऔं वार्षिकोत्सवको उपलक्ष्यमा ल्हासामा एक समारोह आयोजित

(GMT+08:00) 2019-03-29 09:15:51
 

तिब्बतको प्रजातान्त्रिक सुधार भएको साठीऔं वार्षिकोत्सवको उपलक्ष्यमा एक समारोह मार्च २८ तारिख ल्हासा शहरमा आयोजित भयो। विभिन्न जाति तथा क्षेत्रका करिब दश हजार भन्दा बढी जनताहरूले पोताला दरबारमा भव्य समारोहको आयोजना गरी तिब्बतको प्रजातान्त्रिक सुधार भएको साठीऔं वर्ष मनाएका छन्।

सन् १९५९को मार्च २८ तारिख राज्य परिषदले तिब्बती जनतालाई सयौं वर्षसम्म अत्याचार गरेको तिब्बत सरकार तथा त्यसको सेनालाई हटाउनुका साथै त्यहाँका अदालत तथा झ्यालखाना पनि बन्द गरेको थियो। त्यसपछि राज्य परिषदले तिब्बतका लाखौं लाख भूदासको मुक्ति घोषणा गरेको थियो।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत तिब्बत स्वायत्त प्रदेश समितिका सचिव वु यिङ चेले तिब्बतको प्रजातान्त्रिक सुधार तिब्बतको इतिहासमा सबैभन्दा व्यापक,सबैभन्दा गहन तथा सबैभन्दा महान सामाजिक सुधार भएको भन्दै यसले तिब्बतको इतिहासको नयाँ अध्याय लेखेको बताउनुभयो।

जानकारी तथा लेखहरु