फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१९ को पहिलो विदेशी भ्रमणमा राष्ट्राध्यक्ष श्रीमतीका तीन काम

(GMT+08:00) 2019-03-31 20:27:53

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ लीयुवानले मार्च २१ देखि २६ सम्म इटली, मोनाको र फ्रान्सको राजकीय भ्रमण गर्नुभयो।

श्रीमती फङले पहिलेको भ्रमण जस्तै यस पटकको भ्रमणमा पनि तीनवटा काम गर्नुभयो।

नं. १ राजकीय कार्यक्रम

राष्ट्राध्यक्ष सीको साथमा श्रीमती फङले स्वागत समारोह, मन्तव्य आदि राजकीय भ्रमणका कार्यक्रमहरूमा भाग लिनुका साथै पारिवारिक रूपमा पनि कार्यक्रममा भाग लिनुभयो।

नं.२ सार्वजनिक कल्याण तथा चन्दा सहयोग

अन्तर्राष्ट्रिय क्षेत्रमा श्रीमती फङका दुईवटा हैसियत छन्। विश्व स्वास्थ्य संगठन क्षय रोग तथा एड्स निवारण दूत र युनेस्को बालिका तथा महिला शिक्षा प्रवर्द्धन दूत। पेरिसमा फङले बालिका तथा महिला शिक्षा सम्बन्धी विशेष पुरस्कार वितरण कार्यक्रममा भाग लिनुभएको थियो।

नं.३ सांस्कृतिक तथा कलात्मक कार्यक्रम

पेशागत रूपमा गायिका भएकाले श्रीमती फङका लागि केही सांस्कृतिक तथा कलात्मक कार्यक्रम पनि मिलाइयो। जस्तै मोनाको राजदरबारमा चिनियाँ कलाकार भ्याअरिन खेलेको कार्यक्रम, इटलीमा विश्व प्रसिद्ध संगीतकारको एउटा सानो कन्सर्ट तथा फ्रान्सको पेरिस ओपेराघरको कार्यक्रम।

विश्वसामु राष्ट्राध्यक्ष सी र श्रीमती फङ जोडीले हातमा हात मिलाएर चीनको लागि प्रयास गरिरहनु भएको छ।

जानकारी तथा लेखहरु