
केही वर्षयता, चीनको अर्थतन्त्रमा उच्च गतिको वृद्धिको चरणबाट उच्च गुणस्तरको विकासको चरणमा परिवर्तन भएको छ। पैचिङमा उच्च गुणस्तरको विकास, यस आधुनिक सहरको विकासमा रहेको मुख्य विशेषता रहेको छ।

यी मध्ये प्रविधि सिर्जनाले पैचिङ उच्च गुणस्तरको विकासमा समर्थन गर्ने एउटा महत्वपूर्ण आधार हो।

सन्2011मा स्थापित पैचिङ ख्वाङ्ग श प्राविधिक कम्पनी एउटा उच्च प्राविधिक कम्पनी हो। कृत्रिम बौद्धिकता यस कम्पनीको मुख्य प्रविधि मध्येको एक हो। यस कम्पनीको अनुसार,कृत्रिम बौद्धिकताले कार्य र जीवनलाई अझ बढि सुविधा पुर्याउने छ।