फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# चीनको इतिहासमा पहिलोपटक अफिम युद्ध-3

(GMT+08:00) 2019-04-03 10:50:13

आजको कार्यक्रममा म निरन्तर रूपमा चीनको इतिहासमा पहिलोपटक अफिम युद्धको बारेमा जानकारी दिन चाहन्छु। गत सातामा मैले चर्चा गररिसकेँ- सन् 1840 मा बेलायत सरकारले अफिमको व्यापार गर्ने निहुँमा चीनमाथि आक्रमण युद्ध सुरू गर्यो। बेलायती नौ सेनाका 47 वटा सैन्य जहाज र चार हजार जना स्थल सैनिकहरूले क्वाङ तुङनजिकै समुद्री क्षेत्र बन्द गरेका थिए। क्वाङ चौ र स्या मनबाहेक चीनका अरू क्षेत्रका बन्दरगाहले बेलायती सेनासँग लडाई गर्न तयार भएको हुनाले बेलायती सेनाले सजिलै राजधानी पैचिङनजिकैको थ्यान चिन बन्दरगाह पुग्यो। धम्की लागेको सम्राट ताउ क्वाङले समर्थन धारणाको परिवर्तन गरेर विशेषदूत छि शानलाई पठाएर बेलायती सेनासँग शान्ति वार्ता गर्न आदेश दिए। मौसम र रोगका कारणले वार्तामा बेलायती सेनाले दक्षिणतिर फिर्ता बोलाएर क्वाङ चौमा शान्ति-वार्ता गर्न स्वीकार गरे। विशेषदूत छी शानले उत्सुकतासाथ बेलायती सेनासँग शान्ति वार्ता गर्ने धारणाको प्रयोग गरेर सन् 1841 को जनवरी 7 तारिख बेलायती सेनाले अकस्मात हुमनस्थित दुईटा सैनिक किल्लामाथि आक्रमण गरे। विशेषदूत छि शानले बेलायती सेनाका नेतासँग छ्वान बि मस्यौदा सम्झौतामा हस्ताक्षर गरे। उक्त मस्यौदा सम्झौताको पहिलो विषय हंगकंग बेलायतलाई दिनु थियो। त्यसपछि बेलायती सेनाले हंगकंगमाथि कब्जा जमाए। रिसाएका ताउ क्वाङ सम्राटले बेलायतसँग युद्ध गर्ने घोषणा गरे। सम्राट ताउ क्वाङले उक्त मस्यौदा सम्झौता पारीत नगर्नु साथै छि शानले पनि मस्यौदा सम्झौतामा छाप नलएकाले उक्त मस्यौदा सम्झौताको कानूनी प्रभाव भएन।

1  2  3  
जानकारी तथा लेखहरु