फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# थाइफिङ थ्यान को आदोलन-1

(GMT+08:00) 2019-04-17 09:57:37

बेलायतले अफिमद्वारा चीनको सम्पत्ति लुट्नुका साथै हतियारद्वारा दोषी अफिम व्यापारको सुरक्षा गरेको थियो। नान चिङ सम्झौतामा हस्ताक्षर भएपछि विदेशी सामानहरू लहरजस्तै चीनमा प्रवेश गरे। साथै छिङ सरकारले युद्धको क्षतिपूर्ति तिर्नका लागि जनतालाई अझ गम्भीर कर लगायो। त्यसमध्ये क्वाङ तुङ क्षेत्र सबैभन्दा गम्भीर थियो। त्यसैले त्यहाँ क्वाङ तुङ र क्वाङ सी क्षेत्रमा थाइफिङ साम्राज्यको स्वर्ग आन्दोलन सुरू भयो। उक्त थाइफिङ साम्राज्यको स्वर्ग आदोलनका नेता हुङ स्यौ छ्वान थिए।

हुङ स्यौछ्वान क्वाङ तुङ प्रान्तीय ह्वा जिल्लामा एउटा किसान परिवारमा जन्मेको थियो। उनले क्वाङ चौमा क्रिष्टियन धर्म प्रचार गर्ने एउटा किताब पाए। उनले किताबमा उल्लेख भएका हरेक व्यक्ति समान र मैत्रीपूर्ण स्वर्गीय विश्वबारे चासो लागेर प्रभु यिशुमाथि विश्वास गर्न थाले।

1  2  3  
जानकारी तथा लेखहरु