
फुच्यान प्रान्तीय स्यामनमा अवस्थित थाइवान युवा-युवती निर्माणकर्ता अखडा स्यामनमा रोजगारी तथा आफ्नो कम्पनी खोल्ने थाइवानेली युवाहरूको लागि सेवा प्रदान गरिने प्ल्याटफर्म हो। अद्वितीय विचार भइ आफ्नो कम्पनी खोल्न चाहेका युवाहरूले यहाँ आफ्नो मौका तथा भविष्य खोजिरहेका छन्।
यस अखडाका कार्यकारी प्रमुख लीउ पोस्युआनले जानकारी दिएअनुसार, यहाँ कम्पनी खोल्ने पहिलो वर्षमा युवाहरूले प्रति महिना १०० युआन मात्रै व्यवस्थापन शुल्क दिने गर्छन्। यस अखडाले यहाँ कम्पनी खोल्ने युवाहरूको लागि बजार श्रोत तथा तालिम प्रदान गर्ने गर्छ। हालसम्म दशौं जनाका कम्पनीहरू अझ फराकिलो बजारसम्म विस्तार गरिसकेका छन्।
थाइवानबाट गएकी लाइलाइले यसै अखडामा डिजाइन काम गरेको २ वर्ष भयो। उनले यहाँनिर कामको नयाँ दिशा तथा नयाँ साथी बिरालो माउमाउ पाइन्। लाइलाइ र माउमाउ यहाँ काम गरेका अन्य मेकरहरू जस्तै सपना बोकेर कोशिस गर्दै छन्।
1 2 3 4 5 6 7 8