फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# सपना सकार्न प्रयास गरिरहेकी इन्डोनेशियाकी युवती फिट्रीएनी

(GMT+08:00) 2019-04-19 15:11:11

चीनको इन्टर्नेट उद्योग-व्यवसाय अलीबाबा इन्डोनेशियामा निकै परिचित छ। हांग चौस्थित अलीबाबाको मुख्यालय सी सी क्षेत्रमा पत्रकारले उक्त संस्थाकी इन्डोनेशियाली कर्मचारी फिट्रीएनीसँग अन्तर्वार्ता लिएका छन्। फिट्रीएनीकाअनुसार, परम्परागत व्यापार क्षेत्रबाट इलेक्ट्रोनिक वाणिज्य क्षेत्र प्रवेश गर्दा उनको सामु धेरै सुअवसर र चुनौती देखापरेको छ। उनले सपना साकार तुल्याउन प्रयास गरिरेहकी छिन्।

फिट्रीएनी इन्डोनेशियाको माकासारबाट आएकी हुन्। दश वर्षअघि उनी चीनको स्या मन विश्वविद्यालयमा भर्ना भएकी थिइन्। उनले त्यहाँ चिनियाँ भाषाको अध्ययन गरिन्। दुई वर्षसम्मको अध्ययनपछि उनले चीनको विकासले उनीजस्तै विदेशी विद्यार्थीका लागि विकासको धैरै मौका उपलब्ध गराएको ठहर लिइन्। त्यसैले विश्वविद्यालयबाट स्नातक भएपछि उनले चीनमा नै रोजगार गर्ने निर्णय गरिन्। शुरुका दुई वर्षमा उनले एक विदेशी कम्पनीमा व्यापारसम्बन्धी काम गरिन्। त्यसपछि उनले अलीबाबामा प्रवेश गर्ने मौका पाइन्। उनले भनिन् "एक दिन मैले साथीसँग कुराकानी गर्दा अलीबाबाले इन्डोनेशियामा व्यापार गर्ने र इन्डोनेशियाली भाषा र चिनियाँ भाषा बोल्नसक्ने कर्मचारी चाहेको कुरा थाहा पाएँ। अनि मैले चासो देखाएँ। किनभने मलाई अलीबाबाको नाम थाहा छ। मैले रोजगारका लागि अलीबाबा जाने मौका पाउँछु भनेर सोचेको थिइन। मेरो लागि यो सबैभन्दा ठूलो चुनौती र मौका हो।"

फिट्रीएनीकाअनुसार, उनले पहिला अलीबाबामा काम गर्ने व्यक्तिको सामु धेरै चुनौती र दवाव देखापर्ने कुरा सुनेकी थिइन्। उनले पनि विभिन्न तयारी कार्य गरेकी थिइन्। तर अलीबाबामा प्रवेश गरेपछि कामको कठिनाइ र दवाव उनले सोचे जस्तो थिएन। उनले भनिन् "कामको अनुभव रोलर कोस्टर खेल्नुजस्तै भयो। मैले हरेक क्षणमा विभिन्न समस्या र परिवर्तनको सामना गर्नुपर्छ। तपाईँलाई थाहा छ, अलीबाबा एक इलेक्ट्रोनिक वाणिज्य उद्योग व्यवसाय हो। भर्खरै परम्परागत व्यापारसम्बन्धी उद्योग व्यवसायबाट इन्टर्नेट उद्योग व्यवसायमा प्रवेश गरेका एक नयाँ कर्मचारीका लागि विभिन्न चुनौती र दवावको सामना गर्नुपर्छ। मैले सिक्नुपर्छ, भिन्नतालाई साँघुरो पार्नुपर्छ।"

फिट्रीएनीको विचारमा अलीबाबामा उनले हुर्कने र सिक्ने मौका पाएकी छिन्। जुन मूल्यवान छ। उनले अलीबाबाको काम अनुभवलाई कसरी इन्डोनेशियाको आर्थिक तथा सामाजिक विकासमा अझै ठूलो भूमिका निर्वाह गराउने सम्बन्धमा सोचविचार पनि गरिरहेकी छिन्। उनले भनिन्

"चीन र इन्डोनेशियाबीच धेरै क्षेत्रहरूमा समानता छ। हाल इन्डोनेशियाको ठूलो निहित शक्ति छ तर अनुभव र क्षमताको अभाव छ। इलेक्ट्रोनिक वाणिज्य क्षेत्रमा मैले अलीबाबाको सफल अनुभव सिक्ने र इन्डोनेशियाका उद्योग व्यवसायको विकासमा मद्दत गर्ने आशा लिएको छु।"

अलीबाबामा काम गरेको चार वर्षयता उनी इन्डोनेशियाका स-साना उद्योग व्यवसायहरू अलीबाबाको विश्वव्यापी इलेक्ट्रोनिक वाणिज्य चौतारोमा संलग्न भएपछि भएको विकास परिवर्तनको साक्षी बनेकी छिन्। अलीबाबाले इन्डोनेशियामा प्रचार-प्रसार कार्यक्रमको आयोजना गरी इन्डोनेशियाका स-साना उद्योग-व्यवसायीलाई इलेक्ट्रोनिक वाणिज्य चौतारीमार्फत आर्थिक विकासको हित बाँड्न बढाउने आशा लिएको छ। फिट्रीएनी भविश्यप्रति आशावादी छिन्। उनले भनिन् "अलीबाबामा काम गर्दैछु तर मेरो जन्मथलोको सम्झना गर्छु। भविष्यमा मैले सिकेको अनुभव र देखेको मौकालाई इन्डोनेशियाका जनतासँग बाँड्ने छु। भविष्यमा इन्डोनेशियाको आधारभूत प्रबन्ध परिवक्व भएपछि स्वदेश फर्कने र इन्डोनेशियाको विकासमा योगदान दिने अपेक्षा मैले लिएको छु।"

जानकारी तथा लेखहरु