फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वानमा लु तिङ नदीमा दुई पुलहरू

(GMT+08:00) 2019-04-21 17:22:01

राष्ट्रिय राजमार्ग नं.३१८ को स छ्वान प्रान्तको कान च तिब्बती प्रिफेक्चरको लु तिङ जिल्लामा धेरै पुलहरू रहेका छन्। सुधारिँदै गएको पूर्वाधारबाट सर्वसाधारणको पारवहनलाई सुविधा थपिएको छ र स्थानीय आर्थिक तथा सामाजिक विकास पनि अघि बढेको छ।

लु तिङ पुल सन् १७०५ मा बनेको केबल पुल हो। यसले स छ्वान-तिब्बत यातायातमा महत्वपूर्ण भूमिका निर्वाह गर्दथ्यो। सन् १९३५ को मै २९ तारिख चिनियाँ मजदूर किसान लाल सेनाले लामो यात्रा गर्दा लु तिङ पुलमा लडाइ भएको थियो। आज आएर लु तिङ पुल राष्ट्रिय पुरातात्विक ठाँउ तोकिएको छ र पर्यटकहरू जानैपर्ने ठाँउ मानिन्छ।

लु तिङ नदीमा अर्को पुल सिङ खाङ त पुल सछ्वान तथा तिब्बतमा प्रथम पुल मानिन्छ। सन् २०१४मा निर्माण शुरू भएको सो पुल गत बर्षको अन्तमा संचालनमा आएको हो। यस पुल याङ खाङ द्रुत गति राजमार्गमा एक मनमोहक दृश्य मानिन्छ।

1  2  3  4  
जानकारी तथा लेखहरु