फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

याङ उ आन्दोलन

(GMT+08:00) 2019-05-08 17:22:23

विदेशहरूसँग आदान-प्रदान वा युद्ध गर्दा छिङ सरकार अधिकांश समयमा कमजोर अवस्थामा पुगिसकेको थियो। त्यसैले 19 औँ शताब्दीको 60 देखि 90 को दशकसम्म छिङ सरकारमा केही अधिकारीको प्रस्तावमा याङ उ आन्दोलन सुरू भयो। याङ उको अर्थ व्यापार गर्ने, धर्मको प्रसारण, कुटनीतिलगायत पश्चिमी पूँजीवादसित सम्बन्धित सबै कुरा हुन्। त्यसै गरी याङ उ आन्दोलन पश्चिमबाट सैन्य प्रबन्ध, यन्त्र उत्पादन र विज्ञान तथा प्रविधि भित्र्याउने तरिकाद्वारा देशलाई समृद्धि तथा सैन्य शक्तिलाई बलियो पार्ने लक्ष्यका लागि स्वयं सहयोग आन्दोलन थियो।

याङ उ पक्षीय अधिकारीहरूले पश्चिमभन्दा चीनको राजनीतिक परिपाटी ज्यादै राम्रो हुनुका साथै हतियार मात्र कमजोर भएको ठहर गरेका थिए। छिङ सरकारले पश्चिमी देशहरूबाट आधुनिक सैन्य प्रविधि तथा प्रबन्धलाई आफ्नो हातमा राखेमा सरकार समृद्ध र बलियो हुने विश्वास उनीहरूले गरेका थिए।

सो अवसरमा युवा थुङ चले सम्राटको शपथगहण गरेपछि याङ उ पक्षीय अधिकारीहरूले केन्द्रीय सरकारमा र क्षेत्रीय पक्षमा वास्तविक अधिकार पाए। याङ उ आन्दोलन क्रमशः बढ्दै गयो। याङ उ आन्दोलनमा दुई चरणमा विभाजित भयो। 60 को दशकमा रहेको पहिलो चरणमा याङ उ पक्षले पश्चिमी पूँजीवादी मुलुकबाट सिकेर नयाँ हतियार र पानी-जहाज निर्माण गर्थे। उनीहरूले केही सैन्य उद्यमको स्थापना गरे। तर यी सैन्य उद्यम छिङ सरकार र क्षेत्रीय सैन्य शक्तिबाट नियन्त्रण गरिएका थिए। साथै डिजायन, प्रबन्ध-यन्त्र, उत्पादित प्रविधि र कच्चा सामान आदि क्षेत्रमा यी उद्यमहरूले गम्भीर रूपमा विदेशमाथि भरपर्दा थिए।

सैन्य उद्यमको स्थापना र सञ्चालनमा पूँजी, कच्चा सामान, ढुवानीलगायत कठिनाइ रहेको हुनाले याङ उ पक्षले देशलाई बलियो पार्नुअघि समृद्ध पार्नुपर्ने विचार गरे। त्यसैले याङ उ पक्षले नागरिक उद्यम स्थापनाद्वारा पूँजीको संकलन गर्ने योजना गरे। 70 देखि 90 को दशकसम्म याङ उ आन्दोलन दोस्रो चरणमा प्रवेश गर्‍यो। सो अवसरमा लगभग बीसवटा नागरिक उद्यम स्थापना तथा सञ्चालन भएका थिए। यी नागरिक उद्यमहरू यातायात तथा ढुवानी, खानी, कपडा तथा धातु लगायत विभिन्न क्षेत्रमा फैलिएका थिए।

त्यसका साथ साथै याङ उ पक्षले नौ सेना तयार गर्ने, समुद्री प्रतिरक्षा गर्ने, दोभाषे विद्यालय स्थापना, विदेशमा विद्यार्थी पठाउने आदि कदम पनि चालेको थियो।

याङ उ पक्षको प्रयास छिङ राजवंश शासनको सुरक्षा गर्नु थियो। तिनीहरूले चीनमा पहिलो चरणका आधुनिक उद्यमको निर्माण गर्नुका साथै आधुनिक कालमा पहिलो चरणका विज्ञान तथा प्रविधि, सैन्य र उत्पादन श्रेष्ठ व्यक्तिको तालिम गरेका थिए।

जानकारी तथा लेखहरु