फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत# चीनको 《सरकारी लगानी नियम》सार्वजनिक

(GMT+08:00) 2019-05-09 10:04:50

हाल चीनको राज्य परिषदले 《सरकारी लगानी नियम》सार्वजनिक गरेको छ। सन्2019को जुलाई एक तारिख ‌औपचारिक रुपमा लागू हुने यस नियम नै चीनले सरकारी लगानीलाई सुव्यवस्थित बनाएको एक महत्वपूर्ण पाइलाको प्रतीक हो। यो नियम चीनको सरकारी लगानी सम्बन्धी पहिलो प्रशासनिक कानून मात्र नभई लगानी क्षेत्रको निर्माणमा एक आधुनिक कानूनी प्रणाली पनि हो। विशेषज्ञका अनुसार भविष्यमा सम्बन्धित कानूनमा निर्भर हुनसक्ने सरकारी लगानी अझ व्यवस्थित तथा प्रभावकारी बन्ने छ।

यस नियमको सरकारी लगानी भनेको चीनमै बजेट पूँजी प्रयोग गर्दै अचल सम्पत्तिमा लगानी गर्ने निर्माण परियोजना हो। यस नियमका अनुसार सरकारी लगानी पूँजीले सामाजिक कल्याण सेवा,सार्वजनिक पूर्वाधार प्रबन्ध,कृषि तथा गाउँ क्षेत्र,पर्यावरणीय संरक्षण,महत्वपूर्ण वैज्ञानिक प्रविधि,सामाजिक व्यवस्थापन,राष्ट्रिय सुरक्षा आदि जस्तै स्रोतको बन्दोबस्त कम्जोर भएको सार्वजनिक क्षेत्रमा लगानी गर्न सकिन्छ। चीनको नीति विज्ञान अनुसन्धान समितिको आर्थिक नीति समितिका उपप्रमुख सु हुङ्ग साइका अनुसार सरकारी लगानी गरिने लक्ष्य निकै महत्वपूर्ण छ। गैर-लाभकारी सार्वजनिक क्षेत्रलाई लगानीको लक्ष्यको रुपमा लिनुबाट मुख्य गरी बजारमूलक अर्थतन्त्र मुस्कान भएको क्षेत्रका लागि सरकारी लगानीको भूमिका अभिव्यक्त भएको छ। उहाँले अगाडि भन्नुभयो:मेरो विचारमा सरकारी लगानीको मुख्य लक्ष्य सार्वजनिक प्रबन्ध र सेवा क्षेत्र हुनुपर्छ। किनभने यी क्षेत्र चीनका कम्जोर क्षेत्र हुन्। त्यसैले सरकारको महत्वपूर्ण भूमिका बजारको कार्यात्मक कम्जोरीलाई उपचार गर्नु हो। जसबाट हेर्दा हामीले सामाजिक लाभ र पर्यावरणीय लाभलाई स्पष्ट स्थानमा राख्नुपर्छ।

लगानीको सिन्द्धान्त र आधारभूत मागको सम्बन्धमा यस नियमले जोड दिएअनुसार सरकारी लगानीले वैज्ञानिक निर्णय, मानक व्यवस्थापन,खुल्लापन तथा स्पष्टतालाई जोड दिनु आदि सिद्धान्तको पालना गर्नुपर्छ। साथै यस लगानीले आर्थिक तथा सामाजिक विकास स्तर र वित्तीय आयव्ययको परिस्थितिसित अनुकूल हुनुपर्छ।

चीनको जनविश्वविद्यालयको वित्तीय विभागका उपाध्यक्ष चाउ सि जुनको विचारमा सम्बन्धित प्रणाली सुव्यवस्थित भएपछि सरकारी लगानीको कार्य अझ बढी प्रभावकारी बन्ने छ। उहाँले अगाडि भन्नुभयो:सरकारी लगानीको व्यवस्थापनमा एक अपेक्षाकृत पूरा निर्धारित आग्रहले भावी सरकारी लगानीको सञ्चालन तथा क्षमतालाई उकास्न उपयोगी भूमिका निर्वाह गर्नेछ। जसबाट लागत घट्ने छ भने जोखिम पनि नियन्त्रणामा राख्नसकिने छ।

हवस्त श्रोता, आजको कार्यक्रममा चीनले सार्वजनिक भएको《सरकारी लगानी नियम》सम्बन्धका बारेमा चर्चा गर्यौं। आजको लागि यत्ति नै। चीनको अर्थतन्त्र सम्बन्धी अझ बढी जानकारीका लागि हाम्रो अर्थ जगत कार्यक्रम निरन्तर सुन्दै जानुहोला। आजको कार्यक्रमबाट म मुनालाई विदा दिनुहोस्। नमस्कार।

जानकारी तथा लेखहरु