फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूतको होपस्टार छात्रवृत्ति वितरण

(GMT+08:00) 2019-05-09 19:28:29

मे ९ तारिख बिहीबार दिउँसो लिटल एन्जेल्स स्कुलमा आयोजना गरिएको कार्यक्रममा काठमाडौँ भक्तपुर र ललितपुरका विभिन्न २३ वटा सरकारी विद्यालयमा अध्ययन गर्ने ३४० भन्दा बढी नेपाली विद्यार्थीहरुले आशावादी भविष्य अर्थात् होपस्टार छात्रवृत्ति पाएका छन्।

समारोहमा नेपालका लागि चिनियाँ राजदूत हौ यानछीले सो छात्रवृत्तिको उद्देश्यबारे जानकारी दिनुभयो। छात्रवृत्ति पाएका विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै उहाँले भन्नुभयो 'नेपालको भविष्य युवाको हातमा रहेको छ। देशको भविष्य र चीन तथा नेपालको मित्रता हाल उपस्थिति विद्यार्थीहरूको हातमा रहेको छ। तिमीहरूले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि सेवा गर्नुका साथै चीन तथा नेपालको मित्रताका लागि योगदान दिने आशा गर्छु।'

नेपालका शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आजको समारोहमा शिक्षाबारे नेपाल सरकारका केही नयाँ कदमबारे जानकारी दिनुभयो। उहाँले सन् २०१५ को ठूलो भूकम्पपछि केही नेपाली विद्यार्थीहरुको अवस्था निकै कठिन भएको बताउनुभयो। उहाँले भन्नुभयो 'अप्ठारो अवस्थाबाट गुज्रिरहेका बालबालिकाहरुलाई उनीहरुको आर्थिक मनोबैज्ञानिक र शैक्षिक सहयोगको आवश्यकता पर्छ। नेपाली बालबालिबाका तमाम समस्यामा चिनियाँ राजदूताबासले गरेको सहयोग प्रति नेपाल सरकार हार्दिक आभार प्रकट गर्दछ।'

थाहा भए अनुसार यसपटकको छात्रवृत्ति पाएका हरेक विद्यार्थीले दस हजार रुपैयाँ पाएका छन्।

जानकारी तथा लेखहरु