फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चिनियाँ उद्योग-व्यवसायहरूद्वारा कतार फुटबल विश्व कप रंगशाला परियोजनाको निर्माण

(GMT+08:00) 2019-05-10 14:29:17

फुटबल विश्व कप2022को मध्य-पूर्वी खाडी मुलुक कतारमा आयोजना हुने भएको छ। कतार फुटबल विश्व कपका एक चौथाइ फाइनल प्रतियोगिता रंगशालाको रूपमा कतारको राजधानी दोहाको काँठ क्षेत्रस्थित फाउण्डेशन रंगशालाको निर्माण भैरहेको छ।

कतारको राजधानी दोहाको पश्चिमी काँठ क्षेत्रस्थित फाउण्डेशन रंगशाला कतार शिक्षा शहरको केन्द्रमा पर्दछ र सन् 2022 फुटबल विश्व कपका आठ वटा निर्मित रंगशालामध्येको एक हो। त्यहाँ कतार फुटबल विश्व कपका एक चौथाइ फाइनल प्रतियोगताको आयोजना गरिने छ। यो रंगशाला चीन र कतारले "बेल्ट एण्ड रोड" विकास प्रस्तावको संयुक्त रुपमा निर्माण गर्ने महत्वपूर्ण परियोजनाहरूमध्येको एक हो। फाउण्डेशन रंगशालाको इस्पात संरचना जिम्मा लिने शांगहाई निर्माण परियोजना कम्पनीअन्तर्गत इस्पात संरचना कम्पनीले चालू वर्ष मार्च महिनामा निर्धारित समयमा मुख्य भागको निर्माण पूरा गरेको छ। शांगहाई निर्माण परियोजना कम्पनीअन्तर्गत कतार परियोजना विभागका जिम्मेवार व्यक्ति लान युङले भन्नुभयो "फाउण्डेशन रंगशालामा सीट संख्या 44 हजार छ। फुटबल विश्व कप2022को एक चौथाइ फाइनल प्रतियोगताको यहाँ आयोजना गरिने छ। त्यसैले यो रंगशाला कतार फुटबल विश्व कपका लागि महत्वपूर्ण अर्थ रहेको छ। यो रंगशाला विश्वविद्यालयहरू अवस्थित शिक्षा शहरमा पर्दछ, विश्व कपका प्रतियोगिताहरू पूरा भएपछि यो रंगशालाले विश्वविद्यालयका शिक्षक-शिक्षिका र विद्यार्थीलाई खेलको ठाउँ उपलब्ध गराउने छ।"

कतार सरकारले अघि घोषणा गरेअनुसार, फुटबल विश्व कप2022को एक चौथाइ फाइनल प्रतियोगतापछि फाउण्डेशन रंगशालाले विश्वविद्यालयका शिक्षक-शिक्षिका र विद्यार्थीका लागि बीस हजार वटा सीट रहनुका साथै अरु बीस हजार वटा सीट हटाएर विकासोन्मुख मुलुकको रंगशालाको निर्माणमा चन्दास्वरुप दिने छ।

विश्वमा जीएसएएस अर्थात् विश्व निरन्तरता मूल्यांकन प्रणालीको पाँचतारे मापदण्डको प्रमाण पत्र पाएका पहिलो रंगशालाको रुपमा फाउण्डेशन रंगशालाको इस्पात संरचनाको उच्च मापदण्ड र ठूलो कठिनाइ छ। चिनियाँ कम्पनीले आफ्नो श्रेष्ठताको प्रयोग गरी उत्कृष्ट परियोजनाको निर्माण गरेको छ।

चिनियाँ उद्योग-व्यवसायले प्रविधि बदल्ने कारणबारे चर्चा गर्दा शांगहाई निर्माण परियोजना कम्पनीअन्तर्गत कतार परियोजना विभागका जिम्मेवार व्यक्ति फङ ये चेनले भन्नुभयो "सन् 2010देखि हामीले दक्षिण-पूर्वी एशिया, मध्य पूर्व, उत्तरी अफ्रिकाआदि समुद्री रेशमी मार्गका आवद्ध मुलुकहरूका परियोजनाको निर्माण गर्न थालेका छौं। देशको व्यवसाय बदल्ने पृष्ठभूमिमा कच्चा-पदार्थको लागतमा वृद्धि भएको छ भने श्रमिकको लागतमा पनि वृद्धि भएको छ। त्यसैले चिनियाँ उद्योग-व्यवसायले प्रविधि क्षेत्र बदल्नुपर्छ।"

फाउण्डेशन रंगशालाको इस्पात संरचना विभागका व्यवस्थापक र निर्माण मजदूरबाट एउटा अन्तर्राष्ट्रिय स्तरको टोली हो। चिनियाँ कर्मचारीबाहेक, टोलीका अरु सदस्य भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इजिप्ट मुलुकबाट आएका हुन्। शांगहाई निर्माण परियोजना कम्पनीअन्तर्गत परियोजना विभागका जिम्मेवार व्यक्ति अब्दु भारतबाट आएका हुन्। उनले भने "म तीन वर्षयता चिनियाँ कम्पनीको फाउण्डेशन रंगशालाको निर्माण विभागको काममा सहभागी भएँ। मैले चिनियाँ सहकर्मीसँग काम गर्न राम्रो छ। हाम्रो कार्यको उपलब्धि पनि प्रशस्त छ। चिनियाँ कम्पनीको व्यवस्थापन र निर्माणको प्रशस्त अनुभव छ। चिनियाँ कम्पनीले कतार र अरु वरिपरी मुलुकहरूमा अझै धेरै उत्कृष्ट परियोजना पूरा गर्नसक्ने अपेक्षा मैले लिएको छु।"

जानकारी तथा लेखहरु