फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आधा शताब्दीदेखि चिनियाँ संस्कृतिको प्रसार गर्दैआएको क्वाङ ह्वा किताब पसल

(GMT+08:00) 2019-05-13 10:17:42

जनमत बीचको आदान-प्रदान "बेल्ट एण्ड रोड"को निर्माणका लागि सामाजिक आधार हो। गत शताब्दीको सत्तरीऔं दशकमा बेलायतको लण्डनमा स्थापित क्वाङ ह्वा किताब पसल चीन र विदेशको संस्कृति आदान-प्रदान गर्ने एउटा पूल हो। वितेका दशौं वर्षदेखि क्वाङ ह्वा किताब पसलले चिनियाँ संस्कृतिको प्रसार गर्न अथक प्रयास गर्दै आएको छ।

क्वाङ ह्वा किताब किताब पसलको ढोकामा ठूलो चिनियाँ अक्षर लेखिएको साइनबोर्ड झुण्डिएको छ। किताब पसलमा चिनियाँ भाषाका धेरै पुस्तक,हस्तलेखन तथा चित्रहरु राखिएका छन्। सो किताब पसलका जिम्मेवार व्यक्ति से श्याउ छङको जानकारी अनुसार,क्वाङ ह्वा किताब पसलको स्थापना सन् १९७१मा भएको थियो। जुन वर्तमान बेलायतको एउटै मात्र चिनियाँ भाषाको किताब पसल हो। वितेका दशौं वर्षदेखि त्यसले चीन र बेलायत बीचको सांस्कृतिक आदान-प्रदानका लागि उच्च योगदान पुर्‍याएको छ। चीनको तिब्र आर्थिक विकास तथा "बेल्ट एण्ड रोड"प्रस्तावको सिलसिलामा किताब पसलको सञ्चालनमा परिवर्तन आएको छ। से श्याउ छङ भन्छन्:

शुरुमा हामीले चिनियाँ परम्परागत संस्कृति सम्बन्धी पुस्तकको विक्री गरेका थियौं। अहिले हामीले चीनको आधुनिक साहित्य सम्बन्धी पुस्तक थपेका छौं। यसका साथै हामीले बाल-बालिका तथा पर्यटन सम्बन्धी पुस्तक पनि थपेका छौं।

1  2  3  
जानकारी तथा लेखहरु