फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गुर्गे राज्यको भग्नावशेष क्षेत्र

(GMT+08:00) 2019-05-14 11:14:12

गुर्गे राज्यको भग्नावशेष क्षेत्र स्याङछुआन नदीको किनारमा पर्छ र बालुवा वनले घेरेको छ। उक्त क्षेत्रका भवन तथा महलहरू वरिपरिको बालुवा वनको माटोबाट निर्माण गरिएको थियो त्यसैले यो प्राचीन महलको भग्नावशेष र वरिपरिका बालुवा वन एउटै देखिन्छ र छुट्ट्याउन गाह्रो छ। सूर्योदय र सूर्यास्तको समयमा गुर्गे भग्नावशेष क्षेत्र बालुवा वनका साथ अपूर्ण तथा दुःखी जस्तो देखिन्छ।

गुर्गे राज्यको पूरै महल तीन सय मिटरभन्दा अग्लो पहेँलो बालुवा भिरालोमा निर्माण गरिएको थियो। खतराजनक भूखण्ड भएको भिरालोमा गुफा, बुद्ध स्तुप, पहरेदार स्तम्भ, गुम्बा, दरबार व्यवस्थित रुपमा फैलिएको छ र निकै भव्य देखिन्छ। यी गुफाहरुमा धेरैजसो बस्ने कोठा छन् र भिरालोतर्फ धेरै फैलिएका छन्। भिरालोमा उच्च अधिकारी तथा धनी मानिस बस्ने ठाउँ हो भने भिरालो तल भूदास बस्ने ठाउँ हो र केही लामाले अभ्यास गर्ने कोठा पनि छन्। यस्तो भिरालोबाट माथि टुप्पोसम्म पुग्न अत्यन्तै गाह्रो हुन्छ। तर बुद्धिमान् गुर्गे मानिसले पहाडभित्र नै धेरै गोप्य च्यानलको निर्माण गरेका थिए। च्यानलमा केही झ्याल जस्तो प्वालको निर्माण गरेका थिए जसबाट प्रकाशसँगै महलको रक्षा पनि गर्न सकिन्थ्यो। साथै ती घुमाउरो गोप्य च्यानलबाट शिखरमा रहेको शाही महल पुग्न सकिन्छ।

1  2  
जानकारी तथा लेखहरु