फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकासँग व्यापारिक संघर्षका लागि चीनको तयारी

(GMT+08:00) 2019-05-16 10:43:13

दुई खर्ब अमेरिकी डलरको चिनियाँ सामानको भन्सार करलाई १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने निर्णय गरेपछि अमेरिकाले थप ३ खर्ब २५ अर्ब अमेरिकी डलरको चिनियाँ सामानका लागि २५ प्रतिशत भन्सार कर असुल्ने अर्को चेतावनी दिएको छ। यसै अवधिबीच ११औं चीन अमेरिका आर्थिक तथा व्यापारिक उच्चस्तरीय छलफल अमेरिकाको वासिङ्टनमा सम्पन्न भयो। यी दुवै पक्षले निरन्तर रुपमा आपसी छलफललाई कायम राख्दै जाने सहमति गरेका छन्।

एकातिर सम्पूर्ण चिनियाँ सामानमाथि भन्सार कर असुल्ने नारा लिँदै र अर्कोतिर निरन्तर रुपमा छलफल राख्दै जाने इच्छा देखाएको अमेरिकाले दुई पक्षीय तरिकामार्फत चीनलाई दबाव दिँदै वार्ता टेबलमा अझ बढी लाभ लिने लक्ष्य लिएको छ। तापनि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य,राज्य परिषदका उपप्रधानमन्त्री एवम चीन अमेरिका चौतर्फी आर्थिक वार्ताको चीन पक्षको नेतृत्वकर्ता ल्यु हले ११औं वार्तापछि सञ्चार माध्यमलाई दिनुभएको धारणाबमोजिम अमेरिकाले स्पष्ट रुपमा थाहा पाउने गरी चीनले यस वार्तामा तीन वटा विषयमा मुख्य चासो लिएको छ। यी तीन चासो भनेको थप असुल गर्ने सबै भन्सार करलाई रद्द गर्नु, व्यापार खरिदका आंकडा वास्तविकतासित अनुकूल हुनुपर्ने, सम्बन्धी नियमको सन्तुलनलाई सुधार पार्ने हुन्। यी आधारभूत सिद्धान्तमा चीनले कुनै पनि छूट दिने छैन। त्यसैले अमेरिकाले यस विषयहरुमा दबाव पुर्‍याएको खण्डमा कुनै उपलब्धि हुने छैन।

चीन र अमेरिकाबीचको एक वर्षभन्दा अघिदेखिको आर्थिक तथा व्यापारिक छलफलमा महत्वपूर्ण प्रगति रहे तापनि दोहोरिने अवस्था देखिन्छ। चीनले यी अवस्थालाई राष्ट्र र राष्ट्रबीचको छलफलमा हुने सामान्य कुराको रुपमा लिँदै सधैं नै सबैभन्दा सदिच्छापूर्ण धारणाले यस छलफललाई प्रवर्द्धन गरिरहेको छ। चीनलाई सत्य थाहा छ कि व्यापारिक संघर्षमा कोही विजयी हुने छैन। भन्सार कर असुल्नु चीन र अमेरिकाका लागि हितकर छैन भने सारा विश्वका लागि पनि नकारात्मक प्रभाव सिर्जना गर्ने छ। सहयोग नै यी दुबै मुलुकको एउटै मात्र उचित छनौट हो। तर सहयोगसँग सिद्धान्त छ। चिनियाँ पक्षको तीन मुख्य चासोले अमेरिकाको चुनौतीलाई कडा रुपमा अस्वीकार गर्ने छ।

यदि अमेरिकाले निरन्तर रुपमा भन्सार कर असुलेमा चीनले कडा रुपमा जवाफी प्रतिक्रिया दिने छ। एक वर्षभन्दा बढी समयदेखि आर्थिक तथा व्यापारिक विवाद पार गरेको चीनले विभिन्न पक्षमा सम्बन्धी चुनौती तथा दबावको सामना गर्नसकेको देखिन्छ। जसबाट चीनको स्पष्ट कुरा देख्नसकिन्छ कि अमेरिकाको भन्सार कर असुल्ने नीति एक आत्म-हानि जुवा हो। अमेरिकाको"ग्लोबल व्यापारिक साझेदार"परामर्श कम्पनीले यसै फेब्रअरीमा सार्वनजिक गरेको एक अनुसन्धान प्रतिवेदनबमोजिम २ खर्ब ५० अर्ब अमेरिकी डलर चिनियाँ सामानका लागि २५ प्रतिशत भन्सार कर असुलेमा एक वर्षमै अमेरिकाले ९ लाख ३४ हजारको संख्यामा रोजगारी गुमाउने छ। चार जनाको परिवार रहेको एक अमेरिकी घरको वार्षिक व्यय ७६७ अमेरिकी डलर बढ्ने छ। त्यसै गरी ३ खर्ब २५ अर्ब अमेरिकी डलरको चिनियाँ सामानका लागि २५ प्रतिशत भन्सार कर असुलेमा एक वर्षमै अमेरिकाको २१ लाख रोजगार गुम्ने छ भने सोही एक अमेरिकी घरका लागि २ हजार अमेरिकी डलरको वार्षिक व्यय बढ्ने छ।

चीनसँग थप भन्सार कर असुल्ने दबावलाई नियन्त्रणमा राख्नसक्ने क्षमता छ। आर्थिक बनौटबाट हेर्दा उपभोगले चीनको कूल गार्हस्थ्य उत्पादन मात्राका लागि ७६.२ प्रतिशत योगदान सिर्जना गर्दछ। भित्री माग नै चीनले विदेशी अस्थिर कारकतत्वको सामना गर्ने शक्तिशाली समर्थन बन्दै गएको देखिन्छ। व्यापारिक अवस्थाबाट हेर्दा चालू वर्षको अघिल्ला चार महिनामा चीन र अमेरिकाबीचको व्यापारिक रकम ११.२ प्रतिशतले घटेको छ। यसमध्ये अमेरिकाका लागि निर्यात ४.८ प्रतिशतले घटेको छ भने अमेरिकाबाट आयात २६.८ प्रतिशतले घटेको छ। यसबाट चीनका लागि निर्यात हुने अमेरिकी सामानलाई अरु सामानले स्थानान्तरण गर्नसक्छ भन्ने कुरा अभिव्यक्त भएको छ। यसका साथै चीन र अमेरिकाबीचको व्यापारिक नाफा १०.५ प्रतिशतले बढेको छ। जसबाट भन्सार कर असुल्नाले आधारभूत रुपमा चीन र अमेरिकाबीचको असन्तुलित व्यापार समस्यालाई समाधान गर्नसक्दैन भन्ने प्रतिबिम्बित भएको छ र यसले अमेरिकी उपभोक्ताका लागि अझ बढी लागत बढाउने छ।

विदेशी परिस्थिति परिवर्तन भन्दा पनि चीनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफ्नो गृह कार्य राम्ररी गर्नु हो। सुधार तथा खुलापनलाई लगातार गहन पार्दै आफ्नो उच्च गुणस्तरीय आर्थिक विकासलाई व्यवहारमा उतार्नुपर्छ। आउने चरणमा अमेरिकाले वार्ता वा संघर्ष गर्ने छ। यसका लागि चीनले सम्पूर्ण तयारी गरिसकेको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको भनाइअनुसार चिनियाँ अर्थतन्त्र एक समुद्र जस्तै लाग्छ। तूफान समुद्रसँगको संघर्षमा कदापि विजयी हुनसक्दैन। धेरै तूफान पार गरिसकेको समुद्र निरन्तर रहिरहने छ।

जानकारी तथा लेखहरु