फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# छ थ्येन गाउँको ठूलो परिवर्तन

(GMT+08:00) 2019-05-17 15:47:28

क्वै चौ प्रान्तीय क्वै आन नयाँ क्षेत्रको हु छाउ गाउँको पूर्वमा अर्को एउटा सुन्दर गाउँ पर्दछ। यो गाउँको नाम छ थ्येन गाउँ हो। जन्मथलोको पहिलेको मुहारबारे चर्चा गर्दै छ थ्येन गाउँको पहिलो होम्स्टेका जिम्मेवार व्यक्ति याङ क्वै युङले उहाँको जन्मथलो एक काँठ भएको बताउनुभयो।

४५ वर्षीय याङ क्वै युङले पहिला क्वाङ चौ शहरमा रेस्टुरेन्ट खोल्नुभयो। हरेक वर्ष जन्मथलो फर्कँदा उहाँले जन्मथलोमा प्रयोग नभएका जमीन देख्नुभयो साथै जन्मथलोका युवायुवतीले रोजगारका लागि शहर पसेको पनि थाहा थियो। त्यसपछि उहाँले जन्मथलोको पहाड र जमीनको प्रयोग गरी पर्यावरणीय पर्यटनको विकास गर्ने निर्णय गर्नुभयो। सन् २००८ मा याङ क्वै युङले क्वाङ चौको आफ्नो आबास बिक्री गर्नुभएपछि जन्मथलो फर्कनुभयो। उहाँले जन्मथलोमा स्वरोजगारी थाल्नुभयो। उहाँले भन्नुभयो

"मेरो विचारमा मेरो जन्मथलो राम्रो छ। सुन्दर पहाड छ, ताल सुन्दर छ। जन्मथलोमा नातेदार र साथी धेरै छन्। त्यसैले म जन्मथलो फर्केँ। म फर्किँदा गाउँका वासिन्दालाई होमस्टेबारे थाहा थिएन। त्यस अवधिमा गाउँको सडक सफा गर्न हरेक महिना मैले सात सय चिनियाँ युआन तिरेको थिएँ। त्यस बेलामा गाउँको यातायात असुविधाजनक थियो। पछि हामीले सडकको निर्माण गरेका थियौं। विस्तारै विस्तारै मैले होमस्टे खोलेको थिएँ।"

सक्दो प्रयासपछि याङ क्वै युङको "स्याउ व्हा सी नामक होमस्टे" खोल्नुभयो र तीन जनाबाट शुरु गरिएकोमा हाल तीस जना वासिन्दालाई रोजगार दिनुभएको छ।

पाउ छ्विङ "स्याउ व्हा सी नामक होमस्टे" को शुरुका सेविका हुन्। उनले होमस्टेमा काम गरेको तीन वर्षमै होमस्टे खोल्ने अनुभव सिकेकी थिइन्। सन् २०१२ मा उनले परिवारको समर्थनमा आफ्नै होमस्टे खोलिन्। उनले भनिन् "म पहिला स्याउ व्हा सी नामक होमस्टेमा सेविका भएँ। त्यस क्रममा मैले केही सेवा अनुभव सिकेको थिएँ। हाम्रो जन्मथलो घुम्न आउने पर्यटकहरू धेरै छन्। मैले एक होमस्टे खोल्ने निर्णय गरें। यो होमस्टे खोलेपछि मेरो आम्दानी राम्रो छ। हरेक वर्षमा मेरो आम्दानी असी हजार चिनियाँ युआनदेखि एक लाख चिनियाँ युआन बराबार छ। गत वर्ष मैले एक गाडी खरीद गरें। मेरो जीवन निकी सुखमय छ। मेरो विचारमा मेरो जीवन सम्पन्न जीवनको स्तरमा पुगेको छ।"

सन् २०१३ मा छ थ्येन गाउँले सुन्दर गाउँको निर्माण कार्यान्वयन गर्न थालेको थियो। गाउँको यातायात अवस्था, आधारभूत प्रबन्ध, तथा गाउँको मुहारमा ठूलो परिवर्तन भएको छ। हरेक पर्वको विदा अवधिमा प्रतिदिन करीब दश हजार पर्यटक घुम्न छ थ्येन गाउँ जाने गर्दछन्। छ थ्येन गाउँका होमस्टेको संख्या पहिलाको स्याउ व्हा सी नामक एउटा होमस्टेबाट हाल पचास वटा पुगेको छ। रोजगारका लागि बाहिर गएका वासिन्दाको संख्या पहिलाका ८० प्रतिशतका वासिन्दाबाट घटेर हाल दश भन्दा कम भएको छ। छ थ्येन गाउँ समितिका प्रमुख चाङ चुङ फिङले भन्नुभयो "सुन्दर गाउँको निर्माण हुनुअघि हाम्रो गाउँ कृषिको प्रधानतामा रहेको थियो। धेरैले कृषि क्षेत्रमा काम गर्ने इच्छा नलिएका कारण रोजगार पाउन बाहिर गए। बाहिर गएका धेरैजसो वासिन्दाले सुन्दर गाउँको निर्माण कार्यान्वयन गर्ने सूचना थाहा पाएपछि जन्मथलो फर्के। हाल छ थ्येन गाउँका होमस्टेको संख्या करीब चालीस वटाभन्दा बढी पुगेको छ। व्यस्त सिजनमा हाम्रो गाउँ घुम्न आउने पर्यटकको संख्या करीब दश हजारदेखि बीस हजार पुगेको छ।"

हाल छ थ्येन गाउँ प्रसिद्ध पर्यटकीय गाउँ बनिसकेको छ। समस्त गाउँले पर्यटनको विकासमा निर्भर भएर गरिबीबाट मुक्त भएको छ र धनी भएका छन्। जन्मथलोमा स्वरोजगारको नेतृत्वमा रहेको हैसियतमा याङ क्वै युङले जन्मथलोको परिवर्तन देख्नुभएपछि उहाँलाई निकै खुशी लागेको छ।

जानकारी तथा लेखहरु