फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र फिलिपिन्सका युवाहरु बीचको मित्रतालाई गहन पारेबाट दुई देश बीचको सम्बन्धको भावी विकासलाई अघि बढाइने

(GMT+08:00) 2019-05-20 15:24:23

वितेका केही वर्षदेखि चीन र फिलिपिन्सले "बेल्ट एण्ड रोड"को प्रारुपमा फलदायक सहयोग गरिरहेका छन्। वितेका दुई वर्षमा चीन निरन्तर रुपमा फिलिपिन्सको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ। साथै फिलिपिन्समा घुम्ने चिनियाँ पर्यटकहरुको सँख्या सन् २०१७ को तुलनामा करिब ३० प्रतिशत बढेको छ। "बेल्ट एण्ड रोड"सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलनमा चीन र फिलिपिन्सका राष्ट्रनायकले द्विपक्षीय वार्ताको आयोजना गर्नुका साथै शैक्षिक सहयोग लगायत द्विपक्षीय सहयोग सम्बन्धी अनेकन् सम्झौतामा हस्ताक्षर पनि गर्नुभयो। फिलिपिन्सको आटेनेओ द मनिला विश्वविद्यालयका पूर्व प्रिन्सपल बिएनभेनिदो नेबरेसले दुई मुलुकका युवाहरु बीचको मित्रतालाई गहन पार्नु दुई देशबीचको सम्बन्धको भावी विकासलाई अघि बढाउनका लागि अर्थपूर्ण रहेको ठहर गर्नुभयो।

फिलिपिन्सको आटेनेओ द मनिला विश्वविद्यालयका पूर्व प्रिन्सपल नेबरेस चालू वर्षको अप्रिल महिनामा पैचिङमा पैचिङ विश्वविद्यालयद्वारा आयोजित मुलुक तथा क्षेत्र विषयक अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुनुभएको थियो। सो गोष्ठीमा २० मुलुक तथा क्षेत्रका करिब ५० जना अन्तर्राष्ट्रिय विद्वान तथा चीनका विश्वविद्यालय तथा विज्ञान संस्थाका विशेषज्ञ लगायत १०० जना भन्दा बढी प्रतिनिधिले"बेल्ट एण्ड रोड"प्रस्तावमा आ-आफ्नो देशको चासोबारे वैचारिक आदान-प्रदान गरेका थिए। उनीहरुले गैर-सरकारी आवत-जावत तथा सांस्कृतिक आदान-प्रदानलाई के-कसरी बढाउने विषयबारे छलफल गरेका थिए। यसबारे चर्चा गर्दै नेबरेस भन्नुहुन्छ,

पूर्वाधारको निर्माणमा ठूलो उपलब्धि हासिल भए तापनि यो मात्र अपुग छ। हामीबीचको जानकारी बढाइनुपर्छ।

चीन र फिलिपिन्सबीचको आवत-जावतको इतिहास लामो भए तापनि फिलिपिन्सको इतिहासबाट हेर्दा त्यसको संस्कृति अमेरिकी शैलीको पश्चिमी सभ्यता हो। जुन चीनको परम्परागत संस्कृति कन्फ्युसियनको तुलनामा ठूलो भिन्नता छ। त्यसैले नेबरेसले संस्कृतिको भिन्नताबाट जनताबीचको जानकारीमा पार्ने असर बुझ्नुपर्ने विचार लिनुभयो। उहाँ भन्नुहुन्छ,

फिलिपिन्सका जनता अमेरिकाको प्रभावमा रहेका छन्। कन्फ्युसियन संस्कृति अर्को किसिमको संस्कृति हो। यी दुई किसिमको संस्कृतिबीच पूरक हुनसके तापनि उनीहरुले एक-अर्कालाई हेर्ने दृष्टिकोण भने फरक रहेको छ। यो भिन्नता बुझेपछि मात्रै तपाईंले विभिन्न संस्कृतिको पृष्ठभूमिमा के-कसरी अरुलाई हेर्ने भन्ने जान्नुहुनेछ।

जनमत बीचको आदान-प्रदान "बेल्ट एण्ड रोड"को निर्माणका लागि सामाजिक जग हो। तथापि अहिले फिलिपिन्सका अधिकांश सर्वसाधारण विशेष गरी युवाहरुले चीनको कम जानकारी लिएका छन्। यसबारे चर्चा गर्दै नेबरेस भन्नुहुन्छ,

फिलिपिन्सका विद्यार्थीहरुलाई वर्तमान विश्वमा चीनको भूमिका तथा फिलिपिन्सका लागि चीनको महत्वबारे जानकारी गराउनका लागि हामीले अरु बढी काम गर्नुपर्छ।

नेबरेसका अनुसार,आटेनेओ द मनिला विश्वविद्यालयमा चीन अध्ययन केन्द्रको स्थापना गरिएको छ। जसले फिलिपिन्सका विद्यार्थीहरुलाई चिनियाँ भाषा तथा चिनियाँ संस्कृतिबारे जानकारी दिनुका साथै चीनको विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गरेको छ। हिजोआज चिनियाँ विश्वविद्यालयले फिलिपिन्ससम्बन्धमा अध्ययन थालिसकेको छ। सन् २०१७ मा पैचिङ विदेशी भाषा विश्वविद्यालय तथा युन नान जातिय विश्वविद्यालयले फिलिपिन्सको भाषाको अध्यापन सुरू गरिसकेको छ। हाल चीनमा फिलिपिन्सको भाषा पढाउने विश्वविद्यालयको संख्या ३ वटा पुगेको छ।

जानकारी तथा लेखहरु